नाकावन्दी पछि कतारी रियालको मूल्य दिराम भन्दा घट्यो

काठमाडौं, साउन १-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ६९ पैसा र विक्रि दर २७ रुपैंयाँ ८५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १७ पैसा छ । छिमेकी मुलुकको नाकावन्दी भन्दा अघि कतारी रियालको मूल्य दिराम भन्दा बढी थियो ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५९ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ११ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३९ रुपैंया ३६ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ३४ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ६९ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ २८ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस् 

हुुण्डी रोक्न रेमिट्यान्स पठाउने कामदारलाई बोनस दिने प्रस्ताव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय