कतारको संकट समाधान गर्न मध्यस्थताका लागि फ्रान्स तयार

दोहा- फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले पेरिस खाडी मुलुकमा देखिएको समस्या समाधान गर्न कुवेतको मध्यस्थतामा चार अरब मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन तथा इजिप्ट र कतारसँग भइरहेको वार्ताप्रयासमा सहयोग गर्न इच्छुक रहेको शनिबार बताएका छन् ।

कुवेत नेतृत्वको मध्यस्थतामा फ्रान्सले पहल लिनु जरुरी छ,’ ले ड्रेनले कतारी समकक्षी शेख मोहम्मद विन अब्दुलरहमान अलथानीसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताउनुभयो।

फ्रान्स कतारको खाडी क्षेत्रका अन्य केही छिमेकीसँग एक्कासी विग्रिएको सम्बन्धप्रति गहिरो चासो राखेको छ, कतारी इमीर शेख तमिम विन हमद अल थानीसँग पनि भेटी खाडी मुलुकको पछिल्लो सङ्कटकाबारेमा कुरा गरिसकेको ड्रेनले बताए ।

फ्रान्सले समाधान खोज्न सबै सम्वद्ध खाडी मुलुकसँग अरब मुलुकबीचको तनाव कम गर्ने उद्देश्यले कुराकानी गरिसकेको उनले दाबी गरे । ले ड्रेन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थता अभियानमा चार दिनको खाडी मुलुकको भ्रमण र कुराकानी पछि बिहीबार फर्केपछि तय गरिएको कार्यक्रम अनुसार शनिबार कतार आएका हुन् ।

टिलरसनको खाडी बसाईले खासै उपलव्धि हाँसिल गर्न नसकेपछि ले ड्रेनले समस्या समाधानमा पहल गर्ने जनाएका हुन् । कतारी विदेशमन्त्रीले फ्रान्सले गर्ने पहलमा आफ्नो सहयोग रहने बताउदै वार्ता रचनात्मक रहनेमा विश्वास व्यक्त गरे ।  

खाडीका चार मुलुकले आतङ्कवादलाई सघाएको भन्दै कतारसँग गत महिनादेखि कुटनैतिक सम्बन्ध विच्छेद् गर्नुका साथै खाद्यान्न लगायतका सामानको आपूर्तिमा दोहामाथि प्रतिबन्ध लगाएको छ। रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: