कतारमा आदिकविको २०३औ जन्मजयन्ती मनाइयो

दिपक पुडासैनी, दोहा आदिकवि भानुभक्त आचार्यको २०३ जन्मजयन्तिको अवसरमा अन्तराष्टिय साहित्य समाज कतार शाखा तथा नबोदित साहित्यिक वाचनालय कतारले अनेसास नबोदित साहित्यिक वाचन श्रृंखलाको ७१ डबली दोहामा सम्पन्न गरेको

नबोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष सिताराम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आदिकवि भानुभक्तको बारेमा परिचय प्रस्तुत गरिएको थियो सो अवशरमा डेढ दर्जन भन्दा बढी सर्जकहरुले आआफ्ना रचना वाचन गरेका थिए

कार्यक्रममा कतारमा स्थापित बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुले भाषिक रुपमा नेपाललाई एकताको सुत्रमा बाँध्ने आदिकविको मुक्तकण्ठले प्रशंसा गरेका थिए

लेख कार्की भए अध्यक्ष

सोहि कार्यक्रममा नबोदित साहित्यिक वाचनालय कतारको नबौ अधिबेशन पनि सम्पन्न भयो अधिबेशनले लेख कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको कार्यसमितीका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष ईश्वर शाही, द्धितिय उपाध्यक्षमा टिका खड्का, मोवाइल पुस्तकालय संयोजक दिप मिलन, महासचिव दिलीप पराजुली, सचिव राजन लामा, कोषाध्यक्ष ईश्वर राई सहकोषाध्यक्षमा चक्र कार्की निर्बिरोध निर्बाचित भएका छन

त्यसैगरी सदस्यहरुमा जनकराज सापकोटा, तिलु शर्मा, बिन्दा लामा, लिलानाथ घिमिरे, रुप रसाइली, शेखर बस्नेत, बसन्त भुजेल, सन्तोष अधिकारी दीपप्रदिप कुमार निर्बिरोध निर्बाचितभएका छन

नबोदित कृति अवार्ड बिनोद खड्काको ओलालाई

सोहि समारोहमा नवोदित कृति अवार्ड समेत घोषणा तथा बितरण गरियो नबोदित साहित्यिक वाचनालय कतारले हरेक दुई दुई बर्षमा प्रदान गर्दै आईरहेको नबोदित कृति अवार्ड यस पटक बिनोद खड्काको नियात्रा संग्रह ओलाले पाएको कतारमा रहेर बिभिन्न बिधाका पुस्तक प्रकाशन गर्ने सर्जकहरु मध्येबाट निर्णायक मण्डलको छनौट आधारमा यो कृति अवार्ड बितरण हुँदै आएको यस पटक कृति अवार्डका लागि पुस्तक प्रतिस्पर्धामा थिए

नियात्रा संग्रह ओलामा लेखकले घुमेका महादेश २९ देशका ५० भन्दा बढी शहरमा घुम्दा देखेका भोगेका अनुभव गरेका झण्डै दर्जन अनुभवहरु समेटिएका छन

सर्जक सम्मान सुनुवार भट्राईलाई

कतारमा बसेर निरन्तर साहित्यमा आफुलाई समर्पित गर्नेहरु मध्येबाट जनालाई सर्जक सम्मान २०७४ ले सम्मानित गरिएको यसरी सम्मानित हुनेहरुमा सर्जकद्धय भानु सुनुवार प्रेम प्रसाद भट्राईलाई सम्मान गरिएको अन्तराष्टिय साहित्य समाज कतार शाखा नबोदित साहित्यिक वाचनालय कतारले उक्त सम्मान गरेको हो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय