कतार र अमेरिका बीच भएको सम्झौताको साउदी, युएईद्धारा स्वागत

 

अवुधावी, असार २८-

युएई, साउदी अरेविया, बहराइन र ईजिप्टले अमेरिका र कतारबीच आतंकवादलाई आर्थिक सहयोगलाई निरुत्साहन गर्ने सम्वन्धमा भएको सम्झौतको स्वागत गरेका छन् । ति देशहरुले अमेरिकाको यस कदमले आतंकवादलाई निरुत्साहन गर्न सहयोग पुग्ने विश्वास प्रकट गरेका छन् । मंगलवार ति दुई देशबीच दोहामा यस्तो सम्झौता भएको थियो । 

ति चार मुलुकले संयुक्त विज्ञप्ती जारी गर्दै सो सम्झौता स्वागतयोग्य भएपनि व्यवहारिक रुपमा कतारले आतंकवादलाई प्रोत्साहन नदिएको हेर्न चाहेको जनाएका छन् । 

विज्ञप्तीमा भनिएको छः हामी अमेरिकाले आतंकवादको श्रोतलाई पूर्णत निशेधका लागि चालेको कदमको समर्थन पनि गर्दछौं । तर यसअघि कतार र अमेरिकाबीच आतंकवाद उन्मुलनका लागि भएको सम्झौताले खासै नतिजा नदिएको समेत ति देशको भनाई छ ।

सम्झौता विपरित कतारले आतंकवादलाई प्रश्रय दिनेहरुलाई लगातार आर्थिक सहयोग गरिरहेको ति देशको आरोप छ । यसले घृणा फैलाउने तथा विभिन्न मुलुकको आन्तरिक मामिलामा समेत दख्खल दिएको उनीहरुको ठहर छ । ति मुलुकले यसअघि कतारलाई बुझाइएको १३ बुँदे माग सम्वोधन नभएसम्म कतारको प्रतिवद्धतामा विश्वास गर्न नसकिने प्रष्ट पारेका छन् । यसले मध्यपूर्वमा देखिएको संकट अझै लम्विने देखिएको छ ।

यो पनि पढ्नुहोस् 

नेपाल र मलेसियाबीच द्धिपक्षिय परामर्श संयन्त्र बनाउन छलफल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय