
युएई- “हाम्रो गौरव हाम्रो शान बिर्घा स्याङ्जा हाम्रो पहिचान“ भन्ने नाराका साथ स्याङ्जा जिल्लाको तत्कालिन बिर्घा गाविस(हाल कालिगण्डकी गाउँपालिका अन्तर्गत पर्ने) बाट रोजगारीको सिलसिलामा युएईमा रहेका युवाहरू मिलेर २०७० सालमा स्थापना भएको गाविस स्तरीय पहिलो संस्था बिर्घा स्याङ्जा सहयोग समाज, युएई चौथो बर्ष पूरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ । यस समाजले स्थापनाको दिनदेखि नै अक्षयकोष, मृगौला पीडित, ब्लड क्यान्सर पीडित व्यक्तिलाई सहयोग गर्नुका साथै सामाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रमा पनि सहयोग गर्दै आइरहेको छ ।
स्याङ्जा सहयोग समाजका बरिष्ठ उपाध्यक्ष प्रेम भण्डारीको प्रमुख आतिथ्य तथा समाजका बरिष्ठ सल्लाहकार कृष्ण कुमार पाण्डेयको सभापतित्वमा अधिवेशन सम्पन्न भयो । सो अवशरमा समाजका सचिव कुमार रानाले आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।
सो अवशरमा समाज स्थापनाको चौथो वर्षसम्म आइपुग्दा पोखराका एकजना मृगौला पीडित, झापाका एकजना मृगौला पीडित, बिर्घा गाविस का दुबै मृगौला पीडित चुरामनी बिक, ब्लड क्यान्सर पीडित शान्ती घिमिरे तथा छिमेकी आलमदेवी गाविसका पिताम्वर रानालाई गरि झण्डै डेढ लाख बरावरको आर्थिक सहयोग गरेको जानकारी दिइयो ।
यसैगरी बिर्घा गाविसको कालीगण्डकी क्याम्पसको भवन निर्माणका लागि २५ हजार, सहयोग गरेको छ । बिर्घा गाबिसका सम्पूर्ण सरकारी विद्यालय तथा छिमेकी कृष्णगण्डकी गाविसको धुर्बज्योति माद्यमिक बिद्यालय गरि १२ वटा बिद्यालयलाई प्रती बिद्यालय रु. ११,१११ का दरले जम्मा रु= १ लाख ३३ हजार ३ सय ३२ रुपैंयाँको अक्षयकोष खडा गरेको पनि सो अवशरमा जानकारी दिइयो । सो रकमको व्याजबाट प्राप्त रकमबाट गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने गरिएको छ । हालै केहि मन्दिर, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकीमा पनि सहयोग गरिएको जानकारी दिइएको थियो ।
गत शुक्रवार सम्पन्न कार्यक्रमबाट खुमानन्द पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको उपाध्यक्षहरुमा मनरुपा पाण्डेय, याम ब.परियार, लक्ष्मण थापा रहेका छन् । यसैगरी सचिवमा कुमार राना, सहसचिवमा नीर ब. बि.क., कोषाध्यक्ष टान ब= थापा तथा सहकोषाध्यक्ष इन्द्र प्र. पाण्डेय चयन भएका छन् ।
सदस्यहरुमा जीवन पाण्डेय, सन्तोष कुमार पाण्डेय, सन्तराम परियार, तुल ब. घर्ती, लक्ष्मी पाण्डेय, हुमनाथ पाण्डेय, बिष्णु प्र. पाण्डेय, हरिलाल पाण्डेय रहेका छन् । समाजको प्रवक्तामा छबिलाल पाण्डेय तोकिएका छन् । सल्लाहकारहरुमा मित्रलाल पाण्डेय, कृष्ण कुमार पाण्डेय, राम प्र=पाण्डेय, मित्रलाल पाण्डेय, डोलराज पाण्डेय रहेका छन् ।
यो पनि पढ्नुहोस्
१२ लाख नगद सहित एक नेपाली पुरस्कृत