काठमाडौं, असार २६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ११ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।
यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३० पैसा र विक्रि दर २८ रुपैंयाँ ४६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २२ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६४ पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३३९ रुपैंया ८० पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ७८ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ७७ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
यस्तो देखियो मलेसियामा नेपाली कामदारका स्वास्थ्य समस्या