आज कति छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?

 

काठमाडौं, असार २१-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ १८ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । हाल यसको मूल्य २४ को हाराहारीमा चलिरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३८ पैसा र विक्रि दर २८ रुपैंयाँ ५५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३० पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७२ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३४० रुपैंया ८० पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ७८ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ६१ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस् 

यस्तो छ साउदी, युएई लगायतलाई कतारले दिएको जवाफ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय