दोहा, असार २१-
कतारले कुवेत मार्फत साउदी अरव लगायतका मुलुकलाई पठाएको जवाफमा ति मुलुकको माग असान्दर्भीक रहेको तर्क गरेको छ । हालसम्म कतारले के जवाफ दियो भन्ने सार्वजनिक नगरिएको अवस्थामा साउदी अरवको सरकारी सञ्चार माध्यमले यसको केहि संकेत गरेको हो ।
साउदी अरव, युएई, बहराइनले यसअघि १० दिनको समय तोकेर माग पुरा गर्न भन्दै १३ सुत्रिय माग अघि सारेका थिए । सो समयावधिमा कतारले जवाफ नदिएपछि ४८ घण्टाको समय थप्दै अन्यथा कडा आर्थिक नाकावन्दी लगाउने ति मुलुकले चेतावनी दिएका थिए । कुवेतको मध्यस्थतामा कतार छिमेकी मुलुकको मागको जवाफ दिन तयार भएको थियो ।
कतारले पठाएको जवाफका बारेमा छलफल गर्न बुधवार साउदी अरव, युएई, बहराइनका विदेशमन्त्रीहरु ईजिप्टको कायरोमा भेला हुँदैछन् । यसअघि कतारले दिएको जवाफ के छ भन्ने सर्वजनिक गरिएको छैन ।
साउदी प्रेस एजेन्सीका अनुसार कतारले पठाएको जवाफको उचित समयमा उपयुक्त जवाफ दिइने साउदीले जनाएको छ । साउदी अरवका विदेश मन्त्री अदिल अल जुवेयरले ट्वीटर मार्फत कतारको जवाफ पाएको जनाएका छन् ।
साउदी प्रेस एजेन्सीका अनुसार जवाफमा कतारले ति मागलाई वास्तविकता भन्दा धेरै टाढा रहेका आरोपहरु भन्दै तिनिहरुका बारेमा केहि गर्नु पर्ने खालको नभएको बताएको छ । यो आतंकवादसँग सम्वन्धित विषय होइन कतारको जवाफलाई उधृत गर्दै भनिएको छ यो अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास हो ।
कतारलाई एक्ल्याउने प्रयास स्वरुप साउदी अरवको नेतृत्वमा सुरु भएको कुटनीतिक सम्वन्ध विच्छेदका कारण मध्यपूर्वमा ठूलै संकट सुरु भएको छ । कतारमा आयात हुने खाद्यान्नलाई समेत रोक्ने प्रयास स्वरुप ति देशहरुले कतारमा जल, हवाई तथा स्थल मार्ग अवरुद्ध गर्ने प्रयास गरेका छन् ।
यसैबीच विदेश मन्त्रीहरुको बैठकपूर्व कायरोमा ईजिप्ट सहित साउदी अरेविया, युएई र बहराईनका गुप्तचर विभागका प्रमुखहरुले यहि विषयमा केन्द्रीत भएर बैठक गरेको ईजिप्टको सरकारी सञ्चार माध्यम मीनाले जनाएको छ ।
यो पनि पढ्नुहोस्
के होला आज कतारको संकटबारेको छलफलमा <