
विन्देश तामाङ, रियाद, असार २१-
कतारप्रति छिमेकी देशले गरेको कुटनीतिक सम्वन्ध विच्छेद र त्यसबाट सिर्जित समस्याका बारेमा बुधवार ईजिप्टको कायरोमा छलफल हुँदैछ । छलफलमा ईजिप्टले साउदी अरेविया, युएई, बहराइनका विदेश मन्त्रीहरुलाई निम्ता गरेको छ । उनीहरुले कतारले हालै पठाएको १३ बुँदे मागको जवाफका बारेमा छलफल गर्नेछन् ।
साउदी अरवका विदेश मन्त्री अदिल अल जुवेयरले कतारले पठाएको जवाफका बारेमा विस्तृतमा अध्ययन गरिने र छलफल हुने बताएको स्थानीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।
कतारले आतंकवादलाई प्रोत्साहित गरेको आरोप लगाउँदै अलजजिरा टेलिभिजन बन्द गर्नुपर्ने, ईरानसँगको सम्वन्धलाई सिमित गर्नुपर्ने लगायतका माग राखेर साउदी अरवको नेतृत्वमा छिमेकी मुलुकहरु सम्वन्धविच्छेदको तहमा नै उत्रिएका छन् ।
पृष्ठभूमिमा अमेरिकाको योजनामा भएको योे प्रकरणमा बुधवार महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । आफ्ना मागहरु पुरा नगरिए कडा नाकावन्दी लगाउने चेतावनी ति छिमेकी मुलुकले यसअघि नै दिइसकेको अवस्थामा बुधवारको बैठक महत्वपुर्ण हो ।
यो पनि पढ्नुहोस्
कतारको संकट समाधानका लागि ईजिप्ट अघि सर्यो