ह्वील चेयरमा कुवेतबाट फिर्ता

हरि कृष्ण न्यौपाने, कुवेत-

दुवै मृगौलाले काम नगर्ने र कम्मर मुनीको भाग नचल्ने भई कुवेतको आदान अस्पतालमा करिब ३ महिना देखी उपचार गराइ रहेकी मंगलपुर १ चितवनकी उर्मिला विश्वकर्मालाई जुलाई ४ तारिकका दिन ह्विल चेयरमै नेपाल पुर्याईएको छ।उनलाई त्रिभुवन बिमानस्थलबाट सिधै वीर अस्पातल लगिएको छ।

ओमन एयरलाइन्सबाट नेपाल फर्किएकी उर्मिला बिकको नेपाल फिर्तिका लागि पहल गर्दै उर्मिलालाई संगै लिएर गएका चितवन सेवा समाज कुवेतका अध्यक्ष नबिन लोप्चनले भने उर्मिलालाई त्रिभुवन बिमानस्थलबाट बिहान ८:०० बजे उनको आमा र बहिनी लगाएत आफन्तहरुको साथमा वीर अस्पतालमा लगेर भर्ना गरिएको छ। उर्मिलालाई बिशेष गरी दुईवटै मृगौलाले काम नगर्ने हुनाले डाइलोसिस गर्नु पर्ने हुनाले अस्पताल भर्ना गरिएको हो। नबिनले थपे उनी मनोबैज्ञानीक रुपले पनि पारिवारिक मिलन पछी खुशी रहेकोले स्वास्थ्यमा सुधार हुन सक्ने तथा यता परिवार र आफन्तहरु पनि उर्मिलाको स्वदेश फिर्ती पछी खुशी छन।

करिब २ बर्ष पहिले घरेलु महिला कामदारको रुपमा कुवेत आएकी उर्मिला केहि महिना देखि कुवेती साहुबाट भिसा परिवर्तन गरि बाहिर अर्कै कम्पनीमा भिसा लगाएर काम गर्दै आएकी थिइन।

उर्मिलाको स्वदेश फिर्तिकोको कानुनी तथा अन्य प्रकृयामा नेपाली दुताबास कुवेतले धेरै प्रयत्न गरेको थियो। बिशेष गरी नेपाली दुताबासबाट सेराज अहमद तथा मित्र सिन्जालीले धेरै मेहनत गरेर उर्मिलाको उपचार खर्च १८२५ केडी (करिब ६ लाख २० हजार नेपाली रुपैया) मिनाहा गरिएको थियो। दुतावासका द्धितिय सचिव भोगेन्द्र लिङदेनले भने केही हप्ता पहिलेनै नेपाल पठाउन प्रयास गरे पनि कतार एयरले लान मानेन।अन्तत ओमन एयरबाट उर्मिलालाई डाक्टर वा नर्स बिनानै नेपाल पठाउन सकियो।‘  

उर्मिलालाई नेपाल पठाउन चितवन सेवा समाज कुवेत र नमुना विश्वकर्मा समाज कुवेतले उर्मिला बचाऊ अभियानूनै संचालन गरेका थिए भने २० दिने उर्मिला बचाऊ अभियानूमा दुई संस्थाबाट १२४६ दिनार ५०० फिल्स अर्थात् चार लाख २१ हजार भन्दा बढी नेपाली रुपिया जम्मा भएको चितवन सेवा समाज कुवेतका अध्यक्ष नबिन लोप्चनले बताए। उर्मिलालाई कुवेतमा रहेका अन्य संघसंस्थाहरु एनआरएनए, सगरमाथा परोपकारी समाज, कल्याणकारी  युवा समाज लगाएत अन्य ब्यक्ती र संस्थाहरुले पनि आर्थिक सहयोग गरेका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय