कतारी रियाल भन्दा दिरामको भाउ बढी, आज कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य 

 

काठमाडौं, असार १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ भनें विक्रि दर २४ रुपैंयाँ १४ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । हाल यसको मूल्य २४ को हाराहारीमा चलिरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ५९ पैसा र विक्रि दर २७ रुपैंयाँ ७६ पैसा रहेको छ । यसैगरी युएई दिरामको खरिददर २८ रुपैंयाँ ५८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २२ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६३ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३३९ रुपैंया ९७ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ९५ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ७३ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस् 

कतारलाई माग पुरा गर्न ४८ घन्टाको समय, कतारद्धारा कुनै माग पुरा नगरिने जानकारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय