युएईमा सामाजिक संस्था सम्वन्धि नयाँ कानून, यस्तो छ कानूनमा व्यवस्था

दुवई, असार १८-

युएईमा सामाजिक संघसंस्था सम्वन्धि नयाँ कानून लागु भएको युएईका प्रधानमन्त्री शेख मोहम्मद बीन रसिद अल मोक्तुमले सामाजिक संघसंस्था सम्वन्धि नयाँ कानून जारी गरेको समाचार स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन्

नयाँ कानूनले सामाजिक संस्था भनेको कुनै वैधानिक व्यक्ति वा समुहले बनाएको हुनेछ भन्ने व्याख्या गरिएको हरेक सामाजिक संस्थाले निश्चित रकम सामाजिक कामको लागि छुट्याउनु पर्ने व्यवस्था गरिएको समाचारमा जनाइएको

युएईको कम्यूनिटी डेभलपमेण्ट अथोरिटी सिडीएलाई सामाजिक संघसंस्थाको अनुगमनको जिम्मेवारी तोकिएको सिडीएले सामाजिक संघसंस्थालाई अनुमतिपत्र दिने तथा शाखा कार्यालयहरु खेल्न अनुमति दिने कार्य पनि गर्नेछ

सिडीएबाट अनुमति नलिई कुनै पनि संघसंस्था, व्यक्ति वा समुहले कुनै पनि सामाजिक कार्य गर्न बन्देज लगाइएको कसैले गरेमा कानून अनुसार कारवाही हुने चेतावनी पनि दिइएको कुनै पनि सामाजिक संस्था खोल्न न्यूनतम १० जना हुनुपर्ने व्यवस्था कानूनमा गरिएको यसमा दुईजना युएईका नागरिक हुनुपर्नेछ

सामाजिक संस्था खोल्न चाहनेहरुले कनि सो संस्था खोल्न चाहेको हो उद्धेश्य सहित आवश्यक प्रकृया पुर्याएर निवेदन दिन सक्ने समाचारमा जनाइएको आवेदन दिन चाहनेहरुले सदस्यहरुको विवरण, उनीहरुको राष्ट्रियता, पेशा, बसोवासको विवरण लगायत समेट्नु पर्नेछ

प्रकृया पुर्याएर आवेदन दिनेहरुलाई सिडीएले ३० दिनभित्रमा निर्णय हुने सम्पूर्ण अनुमति प्राप्त गर्न महिना लाग्ने समाचारमा उल्लेख यसरी प्राप्त गर्ने लाइसेन्स एक देखि तीनबर्षको हुने जनाइएको संस्थाको सञ्चालक समितिमा दुईजना युएईका नागरिक हुनुपर्ने व्यवस्था गरिएको

यस्ता सामाजिक संस्थाहरुलाई राजनीतिक गतिविधि तथा जातीय वा धार्मिक द्धैश फैलाउने कार्य गरेमा कारवाही हुने व्यवस्था नयाँ कानूनमा त्यस्ता संस्थाले युएई बाहिरका कुनै पनि संस्थासँग सम्वन्ध राख्न नपाउने समेत उल्लेख यस्ता संस्थाले दानचन्दा लिन, कुनै पनि पैसा उठाउने काम गर्न पाउनेछैनन् तिनिहरुले कुनै पनि श्रव्यदृष्य सामग्रीको प्रयोग गरेर वा सामाजिक सञ्जाल मार्फत पनि त्यस्तो रकम उठाउन बन्देज लगाइएको सिडीएको लिखित अनुमतिमा भनें त्यस्तो काम गर्न सकिने कानूनमा व्यवस्था रहेको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन्

कानून उल्लंघन गरेमा त्यस्ता सामाजिक संस्था सञ्चालकलाई न्यूनतम सय देखि लाख दिरामसम्म जरिवाना हुनेछ

यो पनि पढ्नुहोस् 

 

वैदेशिक रोजगारीपछि थरिथरीका समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय