लम्जुङ सेवा समाज कतारको अध्यक्षमा श्रेष्ठ

दीलिप पराजुली, दोहा-

लम्जुङ सेवा समाज कतारको १२ औ अधिबेसन सम्पन्न भएको छ । पूर्व संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यता तथा नेपाली दूतावास कतारका उपप्रमुख मणिरत्न शर्माको बिशेष उपस्थितिमा सम्पन्न अधिबेसनमा कतारका थुप्रै नेपाली संघ सस्था र ब्यक्तीहरुको उपस्थिती थियो ।

सो अवशरमा कार्यक्रमका प्रमुख अथिती गुरुङले लम्जुङमा पर्यटनको प्रशस्त सम्भावना भएको र यसलाई प्रवद्र्धधन गर्नेसके स्वदेशमा नै थुप्रै रोजगारीको अवसर सिर्जना गर्न सकिने बताए ।

त्यस्तै कतारका लागि नेपाली दूताबासका उपप्रमुख शर्माले नेपाली कामदारको कमजोरी तथा दूतावासले गर्ने सेवा र सहयोगका बारे बताएका थिए । कार्यक्रममा क्रान्ति सिंह, बिमल सुवेदी, सागर नेपाल, तेज कटुवाल, बिनोद भट्टराई, हंसराज ढकाल, टिबि कार्की आदिले शुभकामना दिएका थिए ।

चकलेट र अधिबेसन अंकित उपहार सहित गरिएको अतिथि सत्कार साथै हलको सजावट र कार्यक्रमको ढाँचामा केही पृथकता देखिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष खुसिराम गुरुङको स्वागत मन्तब्य सहित पृष्ठभुमिमा पन्चे बाजाको धुन सँगै पानसमा बत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा कतार र नेपालको राष्टिय झन्डा बोकेर नेपाली राष्टिय गान गाइएको थियो ।

परिवारको सुख र आफ्ना अनेकौं सपना पूरा गर्न प्रबासमा प्ररिश्रम गर्ने कयौ नेपालीहरु आफ्ना ति सपनाहरु थाती राख्दै अचानक कफनमा बेरिएर फर्कनु पर्ने बिबशतालाई साँकेतिक रुपमा देखाउन सेतो कपडाले बेरिएको कफन स्टेजमा राखिएको थियो ।

तपाइले पिउने लुमाले तपाईंकी झुमाको जिन्दगी पनि बर्बाद हुन सक्छ” “स्कुल कलेज पढ्ने तपाईंका छोराछोरी कतै गलत बाटोमा त लागेका छैनन ? “तपाइले बिबाह गराइदिन लाग्नु भएको तपाइँका छोराछोरी उमेरले परिपक्व त छन ? “बाबा, तपाईं सधैका लागि कहिले घर फर्किने भनी दिनहँु सोधी रहने ती तपाईंका कलिला बालबालिकाका लागि तपाईंको उत्तर के छ ? कतै तपाइँ आफ्नै चेलीबेटीलाइ अनावश्यक लगातार फोनमा जिस्काउदै असजिलोमा त पारिरहनु भएको त छैन ? आदि लेखिएका सन्देसमुलक कागजी लाल्टिनहरुले भरिएको सभाहलका प्रत्येक कुना कुनामा सन्देस र सूचनामुलक पोस्टरहरु टाँसिएका थिए ।

लम्जुङका प्रसिद्ध मुख्य मुख्य स्थानहरुको तस्वीरहरु प्रोजेक्टरको माध्यामबाट एकातिर भित्तामा चली रहेको थियो भने सबैका हात हातमा लम्जुङको चिनारी सहितको पर्चा देखिन्थ्यो । थुप्रै पर्यटकिय स्थलहरु भएको लम्जुङको पर्यटनको प्रवद्धनको लागि लम्जुङ घुम्न जाऔ, आन्तरिक पर्यटन बढाऔ भन्ने आव्हान र लम्जुङका केही दृश्यहरु अंकित फोटो फ्रेम कार्यक्रमको थप आकर्षण थियो ।

आपत्कालिन अवस्थामा संस्था भित्रका सदस्य एवम सस्था बाहिरका पिडित र समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहयोग गर्न आकस्मिक कोषस्थापना गर्ने उदेश्यले संस्थाका सदस्यहरु बिच नियमित रुपमा स्वैच्छिक बचत गर्नका लागि सुर्केथैली अभियानसुरु गरिएको थियो । लोप हुँदै गइ रहेको परम्परागत शैलीको कपडाको सुर्के थैलीको मुख खोलेर थैलीमा स्वैच्छिक सहयोग रकम राखी दिएर कार्यक्रमका प्रमुख अतिथी गुरुङ र दूतावासका द्धितीय सचिव गायत्री पौडेलले अभियानको सुरुवात गरेका थिए । त्यसपछि तत्कालै सो अभियानका लागि उपस्थित अतिथीहरु बिच बाँडिएको करिब ५० थान थैलीमा ६ सय ७९ कतारी रियाल संकलन भएको थियो ।

लम्जुङ सेवा समाजका कलाकार संयोजक राज लोप्चन र महिला बिभाग संयोजक कमला गुरुङ तथा सदस्य लेख विलासको सहभागितामा प्रस्तुत साँगितिक कार्यक्रममा लम्जुङको पहिचान हुने खालका लाइभ दोहोरि गित, नाँच तथा लम्जुङकै प्रसिद्ध ठाडो भाकाका तुक्काहरु पनि गाइएको थियो ।

अधिवेशनले बिष्णु लाल श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । प्रथम उपाध्यक्षमा खुसिराम गुरुङ, द्धितिय उपाध्यक्षमा नवराज नखोला, महासचिवमा सिताराम थापा, कोषाध्यक्षमा बिनोद बसौला, सह कोषाध्यक्षमा शिव रसाइली, सचिवमा युवराज गुरुङ चयन भएका छन् । क्षेत्रीय सदस्यमा क्रमश रामचन्द्र अधिकारी र बुद्धि सागर सुबर्णकार छन । त्यस्तै अन्य सदस्यहरुमा सञ्जय रेग्मी, कर्म गुरुङ, रबि गुरुङ, दिपक अधिकारी, रबिन्द्र घिमिरे, उपेन्द्र सोती, प्रेम अधिकारी, लेख विलास बिशुराल, कुमारी गुरुङ र राज लोप्चन रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन कमिटीका संयोजक सुदर्शन भट्टले सपथग्रहण सहित पदीय प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: