साउदीले नै आतंकवादलाई प्रश्रय दिएको कतारी राजदूतको भनाई

काठमाडौ, नेपालका लागि कतारी राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले साउदी अरेबियाले नै आतंकवादलाई प्रश्रय दिइरहेको दाबी गरेका छन् ।

साउदी लगायत मुलुकले आतंकवादलाई प्रश्रय दिएको आरोपमा कतारसंग कुटनीतिक सम्ंबन्ध बिच्छेद गरी १५ दिन यता उसमाथि आर्थिक नाकाबन्दी गरिरहेको पृष्ठभूमिमा नेपालस्थित कतारी राजदूतको यस्तो भनाई आएको हो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा राजदूत हमरले भने  बरु साउदी अरेबिया नै संदिग्द आतंकवादी घटनामा मुछिएका घटना छन् । जस्तै सेप्टेम्बर २००१ मा आतंकवादी संगठन अलकायदाले अमेरिकामा गरेको आक्रमणमा साउदीका नागरिक संलग्न भएको सार्वजनिक भइसकेको छ । तर कतार कहिल्यै पनि यसखाले घटनामा मुछिएको छैन । कतारमाथि अहिले लगाइएका आरोप निराधार हुन् ।

कतारी राजदूतले इरानसंगको संबन्ध तोड्न अरु खाडी मुलुकले दिएको दबाब नाजायज रहेको पनि बताए । इरानसंगको हाम्रो सीमा चार किलोमिटर भन्दा बढी छैन । हामी उससंग सम्वन्ध तोड्न सक्दैनौँ । साउदी लगायत मुलुकले हामीमाथि थोपरेका सर्त मान्य छैनन्उनले भने ।

युएई, बहराइन, साउदी अरब, इजिप्ट लगायत मुलुकले कतारमाथि आर्थिक नाकाबन्दी गरी कुटनीतिक संम्बन्ध बिच्छेद गरेको १५ दिन बितेको छ । साउदी अरेबिया लगायत खाडी मुलुकले सो नाकाबन्दी हटाउन कतारसामु १३ बुंदे शर्त अगाडि सारेका छन् ।

कतारी टेलिभिजन च्यानल अलजजिरा बन्द गर्नुपर्ने, इरानसंगको सम्ंबन्ध दुर गर्नुपर्ने, कतारी भूमिबाट टर्कीको फौज हटाइनुपर्ने र मुस्लीम ब्रदरहुड लगायतका समूहसंगको सम्बन्ध १० दिन भित्र अन्त्य गर्नुपर्ने माग कतार समक्ष साउदी लगायतका खाडी मुलुकले राखेका छन् । यी शर्तका कारण कतार र अन्य खाडी मुलुकबीच वार्ता हुन सकिरहेको छैन ।

राजदूत हमरले कतारमाथि लागेका आरोप गलत रहेको र आफ्नो मुलुकले कहिल्यै आतंकवादलाई प्रश्रय नदिएको बताए । कतारमा रहेका नेपालीको सुरक्षा तथा रोजगारीमा कुनै समस्या नरहेको उनले बताए । 

 

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय