उजुरीहरु छानविन नहुँदै भाईरल नबनाउन दुतावासको आग्रह

 

सुदीप निउरे, क्वालालम्पुर, असार १७-

मलेसियास्थित नेपाली दूतावासले आफुहरुसम्म आईपुगेका बिभिन्नखाले उजुरीहरु उपर छानबिन नहुँदै सामाजिक सञ्जालमा नहाल्न आग्रह गरेको यहां कार्यरत नेपाली कामदारका बिभिन्न खाले समस्या सम्बन्धमा उजुरी गर्नेहरुलाई दूतावासले एक बिज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो

यहां रहेका समपुर्ण नेपाली समुदायलाई उजुरी मुताविक पिडीत पिडकपक्षका सम्बन्धमा आबश्यक छलफल तथा अनुसन्धान गर्ने समय अवधिभर धैर्य गर्न दूतावासले सुझाव समेत दिएको

मलेसियामा रहेका बिभिन्न संघसंस्थाका अगुवाको नाम तोकेर गरिएको एक उजुरी पछि उत्पन्न घटनाक्रमबाट सजग हुँदै दूतावासले यस तर्फ यहां कार्यरत नेपाली समुदायको ध्यानाकर्षण गराएको हो

एकातिर दुतावासमा निवेदन दर्ता गर्ने अर्कोतर्फ सामाजिक सञ्जालमा उजुरी प्रकाशित गरि भाईरल बनाउने कार्यले यहां कार्यरत नेपाली समुदायबिचको आपसी सदभावमा खलल पुग्ने दुतावासको तर्क मलेसियामा रहेका नेपाली समुदायका बिभिन्न संघ संस्थाहरु बिच आपसी सद्भाव सहकार्य प्रबर्धन गर्न पनि दूतावासले सबैलाई सचेत गराएको यहां कार्यरत नेपाली कामदारका बिभिन्न खाले समस्या समाधान गर्न आफुहरु सदैव तयार रहेको दुतावासले बताउदै आएको

के थियो पछिल्लो घटनाक्रम

टेक बहादुर घर्ति नाम गरेका एक ब्यक्तिले आफु लगाएत नेपालीमाथी ठगि गरिएको एक उजुरी यहांस्थित नेपाली दूतावासमा गरेका थिए मलेसियामा रहेका सामाजिक तथा राजनितिक संघ संगठनका अगुवाहरुको नाम त्यहां तोकिएको थियो गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राई, गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य खगेन्द्र न्यौपाने, माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे प्रवासी नेपाली मञ्चका केन्द्रिय सदस्य मोहन घिमिरले आफु लगाएत अन्य नेपालीमाथी ठगि गरेको आरोप घर्तिले लगाएका थिए

घर्तिले लगाएको आरोप कपोकल्पित भ्रामक भन्दै चारै जना अगुवाहरुले तत्कालै अस्विकार पनि गरे कांग्रेश निकट जनसम्पर्क समिती मलेसियाका महामन्त्री योगेन्द्र कोइरालाद्धारा हस्ताक्षरित उजुरी राजदुतावासमा पेश गरिएको थियो

उजुरी उपर कारवाही अगाडी बढाउंदा पिडीत भनिएका घर्ति स्वयं सम्पर्कमा नआएको दुतावासले जारी गरेको एक बिज्ञप्तीमा उल्लेख गरिएको दुतावासमा उजुरी हालीसकेपछि आफै सम्पर्कमा आउनु  पर्ने ब्यक्ति, घर्ति सम्पर्कमा नआएको समेत बताईएको

घर्तिले एटी सुरक्षा गार्ड सर्भिसेजसंग सहकार्य गरि गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राई, माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे प्रवासी नेपाली मञ्चका केन्द्रिय सदस्य मोहन घिमीरेले ठगि गरेको आरोप लगाएपनि उक्त कम्पनिले उल्लेखित ब्यत्तिहरु आफ्नो कम्पनिमा सम्बद्ध नभएको राजदुतावासलाई स्पष्ट पारेको घर्तिले विभिन्न कम्पनीमा आवद्ध रहेका नेपाली श्रमीकलाई अवैधानीक वनाएर सेक्युरेटी कम्पनीमा काम लगाइदिने, भिषाको प्रक्रिया थाल्ने तथा वैधानीक वनाईदिने भन्दै निजहरुले मोटो रकम असुल्ने गरेको आरोप सहितको उजुरी राजदुतावासमा गरेर तत्काल नेपाल फर्केका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय