अव कामदार स्वयंले म्यानपावर कम्पनीको मूल्याङ्कन गर्नसक्ने

काठमाडौं– 

बैदेशिक रोजगारमा जाने कामदारलाई पठाउने म्यानपावर कम्पनीहरुको अव मूल्याङ्कन स्वयं कामदारले गर्ने भएका छन् । अन्तराष्ट्रिय ट्रेड युनियन महासंघको अग्रसरतामा निकट भविष्यमा नै एउटा वेभसाईट सुरु हुनेभएको छ । सो वेभसाईट हाल मलेसिया केन्द्रीत हुनेछ ।

सो वेभसाईटमा राखिने प्रश्नहरु नेपालबाट कामदार पठाउने म्यानपावर कम्पनीहरुले दिएको सेवा सुविधा तथा उनीहरुले दिने आधारभूत जानकारीमा केन्द्रीत हुनेछ । ति प्रश्नहरु कामदारहरुले भर्नेछन् जसका आधारमा उनीहरुलाई रोजगारीका लागि समन्वयको काम गर्ने म्यानपावर कम्पनीहरुको मूल्याङकनमा सहयोगि हुनेछ ।

यसैगरी प्रश्नावलीमा कामदारको गन्तव्य मुलुक मलेसियामा उनीहरुप्रति रोजगारदाताले गर्ने व्यवहार, दिइने सेवासुविधा तथा उनीहरुको अधिकार प्रयोग गर्न पाए नपाएको विषयमा पनि रहनेछन् । यसले मलेसियाको रोजगारी नेपालीका लागि कत्तिको सहज छ भन्ने पनि प्रष्ट हुने अपेक्षा गरिएको छ ।

यहि विषयमा वुधवार र विहिवार राजधानीमा एक छलफल आयोजना गरियो । छलफलमा आइटीयूसीका प्रतिनिधिसँगै आइएलओ, नेपाल अफिस तथा नेपालबाट यस वेभसाईटका लागि प्राविधिक सहयोग गर्ने जिफन्टका साथै सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरु सहभागि थिए । विविध भाषामा रहने यस वेभसाईटमा काम गर्ने फिलिपिन्स, ईण्डोनेसिया, मलेसियाका प्रतिनिधि पनि छलफलमा सहभागि थिए । उनीहरुले वेभसाईटमा राखिने प्रश्नावलीका बारेमा जानकारी छलफल गरी त्यसलाई परिस्कृत गर्ने काम गरेका थिए ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय