साउदी बेच्न लैजाने नातेदार र चिनजानका

 

रञ्जना लम्साल, नवलपरासी-

बैदेशिक रोजगारीको लागि भन्दै भारतको दिल्ली पुर्याईएकी सरिता आले मगर (नाम परिवर्तन) को १० दिन पछि उद्धार गरिएको छ । बैदेशिक रोजगारीको लागि साउदी अरव लैजान भन्दै भारतको दिल्ली पुर्याईएकी मगरलाई ईलाका प्रहरी कार्यलय कावासोतीमा ल्याई प्रहरीको रोहोवरमा परिवारको जिम्मा लगाईएको हो ।

बैदेशिक रोजगारमा नाममा पछिल्लो समयमा महिलालाई अवैधानिक बाटोबाट लैजाने वा त्यसका लागि प्रोत्साहितक गर्नेहरुमा नजिकका आफन्त वा चिनजानका व्यक्तिहरु नै संलग्न हुने गरेको देखिएको छ । सरिता आलेमगरको घटनामा पनि उनको चिनजानकी नातेदार महिला नै संलग्न भेटिएको हो ।  

मानव तस्करको फन्दामा परेर झण्डै बेचिएर साउदी पुर्याइएकी सरिताको दिल्लीसम्मको यात्रा र उद्धार:

सरिता सानै हुँदा उनका बाबुआमाको मृत्यु भएको हो । त्यसपछि अरुको घरमा बसेर काम गरेकी उनले ५ कक्षा भन्दा माथि पढ्न सकिनन् । उमेरले भरर्खर २१ बर्ष लागेकी सरितालाई अरुको घरमा बसेर कमाएको ५ हजारले केहि होला जस्तो लागेन ।

धेरै पढेलेखेको नभएपनि उनले फेसबुक, ईमो, भाईबर सबै राम्रोसंग चलाउन जानेकी थिईन । अनि उनी बस्ने घरमा वाईफाईको सुविधा पनि थियो ।

यहि क्रममा उनले गाउँको दिदी नाता पर्ने साउदीमा रहेकी दिदीसंग दिनहुँजसो सम्पर्क र कुरा गर्न थालिन । दिदीले आफुलाई पठाउने एजेन्टसँग कुरा गरे आफु भएको ठाउँमा पुर्याउने बताउँदै एजेन्ट र सरिता दवैलाई एक अर्काको सम्पर्क नम्बर उपलब्ध गराइदिईन् ।

सो एजेन्टले सरितालाई फोन गर्न थाल्यो । तिम्रो दिदिले मलाई तिम्रो नम्बर दिनुभएको हो । तिमी बिदेश जाने कुरा दिदिसंग भएको रहेछ । म तिम्रो दिदी भएको ठाउँमा पुर्याउछु । मैले काठमाडौबाट बिदेश पठाउछु । तिमी जाने ठाउँमा तिम्रो तलब धेरै राम्रो हुन्छ”  एजेन्टले यस्तै लोभ देखाउन थाले ।

एउटी गरिब परिवारकी छोरी कम पढेको त्यति धेरै कुरा गरेपछि उनले बिश्वास नगर्ने त कुरै भएन । त्यसैले उनी साउदी जान तयार भईन ।

काम गर्ने घरबाट घर जान्छु भन्दै निस्केकी उनी घर नगई पासपोर्ट बनाउन काठमाडौ पुगिन् । काठमाडौमा उनलाई पासपोर्ट बनाउन सघाउने एकजना महिला थिईन । उनले काठमाडौको कलंकीमा रहेको आकाशे पुलमा सरितालाई भेटिन् ।

सरितालाई काठमाडौमा भेट्न तिनै एजेन्टले पठाएका थिए । उनले भेट गरेपछि सरितालाई मिठो खाने राम्रो लगाउने आश्वाशन संगसगै कसैलाई नभनी घरबाट निस्कन पनि सुझाईन । पासपोर्ट नबनेसम्म सोहि महिलाले एउटा गेष्ट हाउसमा उनी लगायत ३ जनालाई राखिन ।

काठमाडौको ५ दिने बसाईमा खानपिनको जिम्मा सोही एजेन्टको थियो । लुगा कपडा आफैले किनिदिने र काठमाडौबाट जान रोक लगाईएकाले अब भारतको बाटो हुँदै जानुपर्ने भयो भनेर उनले सरिता लगायत ३ नै जनालाई मनाईन । साथै काठमाडौबाट बर्दघाटसम्म उनीपनि साथै आइन् ।

बर्दघाटमा सरिता आईपुग्दा दईजना एजेन्ट तयारी अवस्थामा थिए । थारु समुदायका ति एजेन्टले सरितालाई बर्दघाट नाका हँुदै भारत पुर्याए । बाटोमा पक्रिए मलाई श्रीमान हो भन्नु भनेर सिकाएका थिए । यसरी बोर्डर कटाए ।

बोर्डरमा फेरी अर्का दुईजना दिल्ली पुरयाउन तयारी अवस्थामा थिए । उनीहरुले त्यहाँबाट दिल्ली पुर्याए ।

दिल्ली पुर्याएर एउटा गेष्ट हाउसमा उनलाई राखियो । सो गेष्ट हाउसमा उनी लगायत अरु २०, २१ बर्षका जस्ता देखिने १९ जना महिला भेटिन् सरिताले । सबैलाई बिदेश काममा लैजान भनेर नै त्यहाँ पुरयाएका थिए ।

एकदिन दुईदिन गन्दै दिनहरु बित्दै गए । तर सरिताको बिदेश जाने र दिदिलाई भेट्ने अनि धेरै पैसा कमाउने दिन आएन । १० औं दिनको दिन त्यहाँका एजेन्टले हातगोडा धोएर आउ भनेर पठाए । उनीहरु बाहिर निस्कीए तर पछि कोठामा फर्किन लाग्दा दुईजना एजेन्टको कुराले उनी झस्कीईन । उनीहरु आपसमा महिलालाई साउदी पुर्याएवापत कति कमाई हुन्छ भनेर हिसाव गर्दै थिए । उनले बल्ल आफु ४ लाखमा बेचिएको थाहा पाईन ।

सरिता छाँगाबाट खसे जस्तो भईन । के गर्ने कसो गर्ने उनले केहि सोच्न सकिनन् अनि एउटै विकल्प आफुले काम गर्ने घरका दाईलाई इमोबाट आफु अप्ठ्यारोमा परेको कुरा बताइन् ।

सरिताले काम गर्ने घरका दाई ईलाका प्रहरी कार्यालय कावासोती आईपगे र प्रहरीले सुचना केन्द्रका जानकारी  गरायो र सरिताको उद्धारको प्रक्रिया शुरु भयो ।  

उद्धार प्रक्रियामा पत्रकार देबेन्द्र भटृराईको सहयोगमा शान्ती पुर्नस्थापना गृह कपिलवस्तुको ठेगाना र कार्यक्रम संयोजक भुमी भटृराईसंग सम्पर्क गरि सरितालाई नेपाल ल्याउन सम्भव भयो ।

सरिताको उद्धार पश्चात अव एजेण्टहरुको खोजि प्रहरीले सुरु गरेको छ ।

यो पनि पढ्नुहोस्  

कतार हुँदै साउदीमा काम गर्न पुगेकाहरु समस्यामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: