कतार हुँदै साउदीमा काम गर्न पुगेकाहरु समस्यामा

 

काठमाडौं, असार १६-

कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियाली देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ ।

कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको समितिका अध्यक्ष डा. अलिविन समैखा अल मर्रीले बताए ।

साउदीले जुन ५ गतेबाट कतारसँग कूटनीतिक सम्बन्ध विच्छेदसँगै नाकाबन्दी गरेपछि कतारी नागरिकलाई साउदी जान रोक लगाएको छ । साउदीमा भएका कतारीहरू आफ्नो मुलुक फर्किसकेका छन् । साउदीको कूटनीतिक विच्छेद र नाकाबन्दीपछि साउदीमा रहेका धेरै आप्रवासी कामदार अलपत्र छन्,’ बुधबार कतारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरूलाई कतारमा आउन दिइएको छैन ।

कतारमा ऊँट र बाख्रापालन तथा खेतीपाती गर्न ठाउँ निकै कम छ । कतारी नागरिकको साउदीमा खेतीपाती, उँm, भेडाबाख्राको गोठ छ जसमा कतार पुगेका कामदारलाई उनीहरूले साउदीमा लिएर जाने गरेका छन् । 

साउदीले गत साता साउदी र कतारको सीमा आसपास भएका कामदार र ऊँटलाई भने डिपोर्ट गरिदिएको थियो । बोर्डरबाट निकै टाढा र मरुभूमिका भित्री भागहरूमा कार्यरत कामदार भने बिचल्लीमा छन् । ती कामदारलाई खानाको समेत अभाव भएको मुर्रीले जनाए ।

साउदीको अल होफुफबाट कतार आएका अर्जुन राईले धेरै नेपाली साउदी मरुभुमिमा अलपत्र परेको बताए । मलाई त मेरो मालिकले साउदी नागरिकको साथ मागेर उद्धार गरे,’ उनले भने, ‘अरू साथी भरुभूमिमा थिए । उनीहरूको पछिल्लो अवस्था थाहा पाउन सकेको छैन ।

कतारको साहनिया क्षेत्रमा कार्यरत रामशरण कार्कीले आफ्नो सम्पर्कमा रहेका नेपालीहरू साउदीबाट फर्किसकेको बताए । यहाँबाट जति साथी लगिएका थिए, उनीहरू आएका छन्,’ उनले भने ।

ती क्षेत्रमा कार्यरत नेपालीको दूतावाससमक्ष सम्पर्क हुन सकेको छैन । कतार र साउदीस्थित नेपाली दूतावासले साउदीको मरुभूमिमा अलपत्र परेका गोठाला र किसान सम्पर्कमा नआएको जनाएको छ । अहिलेसम्म अलपत्र परेर समस्या परेको भनेर सम्पर्कमा कोही आएको छैन,’ साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले भने ।

कान्तिपुरबाट

यो पनि पढ्नुहोस्

 

कतारको जारी समस्या लम्विने संकेत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय