कतारको जारी समस्या लम्विने संकेत

 

रियाद, असार १५

साउदी अरेविया तथा संयुक्त अरव ईमिरेट्स(युएई) ले जारी कतार विरुद्धको कुटनीतिक सम्वन्ध विच्छेद आफूहरुले  उठाएको विषय पुरा नहुञ्जल खुकुलो नहुने बताएका छन् । दुवै देशले कतारले आतंककारीलाई सहयोग गर्न बन्द नगरेसम्म जारी सम्वन्ध विच्छेद फिर्ता नहुने प्रष्ट पारेका हुन् ।

साउदी अरवका विदेश मन्त्री अदेल अल जुवेरले आफूहरुले कतारलाई दिएको सूची अनुरुपको काम नभएसम्म उसप्रति कुनै नरम व्यवहार  नहुने बताएका छन् । हामी यसमा कुनै सम्झौता गर्दैनौं जुवेरले भनेका छन् अव कहिले यो समस्याको अन्त्य हुन्छ भन्ने कतारको हातमा छ । साउदी लगायतका मुलुकले कतारलाई अल जजिरा च्यानल बन्द गर्नुपर्ने लगायत १३ वटा माग अघि सारेका छन् ।

यसैगरी युएईले पनि कतार विरुद्धको जारी सम्वन्ध विच्छेद लामो समय चल्न सक्ने बताएको छ । रुसका लागि युएईका राजदूत ओमर घोवासले कतारले छिमेकी अरव देशहरुले उठाएको मागप्रति सकारात्मक प्रतिकृया नजनाएको भन्दै जारी समस्या दिर्घकालिन हुनसक्ने चेतावनी दिएका हुन् । यो अन्त्यमा सैन्य हमलामा परिणत हुनसक्ने समेत बताए ।

यो पनि पढ्नुहोस्

आमा भन्छिन्ः विदेश गएको छोरो ज्यूँदै छ की खवर पाए हुन्थ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय