काठमाडौं, असार १४-
जोर्डनमा नेपालीहरु काम गर्ने एक गार्मेण्टमा कपडा रंगाउने ट्याँकी पड्किंदा एक भारतीय नागरिक घाइते भएका छन् । बुधवार विहान भएको सो घटनामा नेपाली सुरक्षित छन् ।
खासगरी नेपाली महिला काम गर्न जाने सो गार्मेण्टको दोश्रो व्लकमा सो दुर्घटना भएको थियो । विभिन्न ८ वटा मुलुकका गरी २१ हजार कामदार कार्यरत सो कम्पनीमा झण्डै १७ सय नेपाली काम गर्छन् । त्यसमध्ये १२ सय जति महिला छन् ।
नेपाली महिलाका लागि पछिल्लो केहि बर्षयता रोजगारीको राम्रो गन्तव्य भएको जोर्डनको गार्मेण्ट फ्याक्ट्रीमा आगलागि भएको र केहि व्यक्ति परेको हल्लाले उनीहरुका परिवार चिन्तित छन् । सो कम्पनीमा नेपालीलाई पठाउँदै आएको एससीसी म्यानपावरका अनुसार कम्पनीले सो घटनामा सवै नेपाली कामदार सुरक्षित रहेको ईमेल मार्फत जानकारी गराएको छ । एससीसीका सञ्चालक मध्येका एक विश्व खड्काका अनुसार कम्पनीले घटना सामान्य रहेको र ढुक्क रहन आग्रह पनि गरेको छ ।
यो पनि पढ्नुहोस्
आमा भन्छिन् स् विदेश गएको छोरो ज्यूँदै छ की खवर पाएँ हुन्थ्यो
