क्वालालम्पुर– सगरमाथा नेपालमा छ, गौतम बुद्ध नेपालमा जन्मेका हुन्ने सन्देश बोकेर हिंडेका नेपाली विश्व साईकल यात्री परदेशी साइला एलबि कार्की र जनार्दन खनालसँग जिफन्ट सहयोग समुह, मलेसियाले अन्तरकृया गरेको छ ।
सो अवशरमा जिफन्ट सपोट ग्रुप, मलेशियाको सेलेन्ङगर महिला कमिटीले कार्की र खनाललाई आर्थिक सहयोग पनि गर्यो । सो रकम टेलिपेपर कम्पनीमा कार्यरत नेपाली महिलाले संकलन गरेका थिए । यसैगरी केलाङ सुङ्गाई रसामा रहेको केटी फिटीङ कम्पनी, किम वाङ फुड कम्पनी र जिएमसी कम्पनीमा कार्यरत नेपालीले पनि रकम संकलन गरी हस्तान्तरण गरे ।
उहाँहरुले १२ बर्ष ५ महिना भित्रमा १ सय ४२ देश भ्रमण गरिसकेको र अवको ७ महिना भित्रमा थप ११ देशको भ्रमण गर्ने लक्ष्य रहेको सो अवशरमा जानकारी गराए ।
यो पनि पढ्नुहोस्
साउदीबाट ७ हजार ३ सय नेपाली फर्किए
