कतारलाई अझ दवाव बढाउँदै साउदी, युएई लगायतका मुलुक

अबुधावी, असार १२-

कतारलाई घेराबन्दी गरेका चार अरब मुलुकले १३ वटा माग अघि सारेका छन् साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन इजिप्टले कतारलाई पठाएको मागमा कतारी स्वामित्वमा रहेको अलजजिरा न्युज नेटवर्क बन्द गर्ने विषय पनि परेको यी माग १० दिनभित्र पूरा गर्न यी मुलुकहरूले कतारलाई चेतावनी दिएका छन्

कतारले मागको सूची प्राप्त गरेको पुष्टि गर्दै अध्ययन गरिरहेको प्रतिक्रिया दिएको कतारको विदेश मामिला मन्त्रालयले आफ्नो आधिकारिक प्रतिक्रिया कुवेतलाई पठाउने भएको कुवेतले कतार उसमाथि नाकाबन्दी लगाउने छिमेकीबीच मध्यस्थता गरिरहेको

कतार सरकारको सञ्चार कार्यालयका निर्देशक सिख सेफले यी मागले कतारले पहिले भन्ने गरेको कुराको पुष्टि गरेको बताएका छन् गैरकानुनी मागको आतंकवादसँग लड्नका लागि कुनै अर्थ छैन,” उनले भने, “तर यो प्रयास भनेको कतारको सम्प्रभुतालाई सीमित पार्ने किसिमको देखिएको यसले हाम्रा विदेश नीतिलाई आउटसोर्सिङ गरेको

कतारको राष्ट्रिय मानव अधिकार समिति (एनएचआरसी) ले केही मागले अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लंघन गरेको जनाएको यसले अल जजिरा बन्द गर्ने नागरिकताको अधिकारप्रतिको विषयमा चासो बढाएको

एनएचआरीले कतारले यो माग सर्त स्वीकार गर्ने हो भने यसले देशको अन्तर्राष्ट्रिय उत्तरदायित्व वहन गर्ने विषयको उल्लंघन गरेको मानव अधिकार सम्मेलनमा गरेको प्रतिबद्धताको पनि उल्लंघन गरेको जनाएको यो अवस्थामा एनएचआरसीले कतारले यी माग स्वीकार गर्न नहुने जनाएको

यद्यपी अमेरिकी सेक्रेटरी अफ स्टेटका रेक्स टिलरसनले आफूले यी माग उपयुक्त पूरा गर्न सकिने किसिमको भएको पाएको बताएका छन् यसैगरी बेलायती विदेश सेक्रेटरी बोरिस जोन्सनले यो माग पूरा गर्न सकिने वास्तविक भएको बताएका छन् आफ्नो सञ्चालन बन्द गर्ने प्रयासलाई क्षेत्रमा विचार अभिव्यक्तिलाई चुप लगाउने किसिमको भएको अलजजिराले जनाएको

संयुक्त अरब इमिरेट्सका वरिष्ठ अधिकारीले कतारले यी माग निस्तेज पार्न क्षेत्रीय स्थायित्व मत्थर पार्नका लागि मागको चुहावट गरेको आरोप लगाएका छन् मागको चुहावटले कतारको संकटलाई झनै बढाउनेछ

गम्भीर खालको कूटनीतिलाई कम आँक्नाले मध्यस्थताको अवस्थालाई कमजोर बनाउनेतर्फ डोर्याउनेछ,” युएईका मिनिस्टर अफ स्टेट फर फरिन अफेयर्सका अनवर गार्गासले ट्विटरमार्फत बताएका छन्

 

कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: