नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बैदेशिक रोजगारबारे जानकारी

नवलपरासी, असार ११-

नवलपुर क्षेत्रका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको नवलपुर क्षेत्रका मेयर उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख तथा कावासोती नगरपालिकाका १७ वटा वडाका वडाध्यक्षहरुको कार्यक्रममा उपस्थीती थियो

हिमालयन सामुदायिक विकाश मञ्च (हिकोडेफ)  ईन्द्रणी सामाजिक बिकाश मञ्च पञ्चनगरको संयुक्त आयोजनामा भएको कार्यक्रममा बैदेशिक रोजगारीमा जाने युवाले सचेत हुनुपर्ने कुराका साथै बैदेशिक रोजगारीका क्रममा देखिएका ठगीका घटनाको बिषयमा छलफल भएको थियो  

सोही अवशरमा साउदीमा सवारी दुर्घटना हुँदा जनाको मृत्यु भएको कारण ब्लडमनिको फौसला सुनाईएका मध्यबिन्दु नगरपालिकाका थानेश्वर भुषालको घटनाका बिषयमा स्थानिय निकायले गर्न सक्ने भूमिकाको बिषयमा पनि छलफल भएको थियो

कार्यक्रम पछि बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले थानेश्वरको समस्याको बिषयमा आफुहरुले गर्न सके जतिको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले युवाहरुलाई सचेतना गर्ने काममा अग्रणी भूमीका खेलेको सामी परियोजनाहिकोडेफ ईन्द्रणीको कामको प्रशंशा गदै बैदेशिक रोजगारीलाई आफुहरुले गम्भीरताका साथ हेरेको यसलाई ब्यवस्थीत मर्यादीत बनाउन सकेसम्म काम गर्ने प्रतिबद्धता जनाइन् । 

कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया, मध्यबिन्दु नगरपालिका उपमेयर ओम कुमारी महतो, कावासोती नगरपालिका का वडाध्यक्ष नारयण पन्त लगायतले बोलेका थिए

एनजिओ फेडेरेशनका जिल्ला अध्यक्ष बद्रीनाथ नेपालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा आप्रवाशी कामदार हकहित संरक्षण मञ्चका अध्यक्ष बल बहादुर थापाले नवनिर्वाचित प्रमुख उपप्रमुखहरुलाई बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित बनाउन ज्ञापन पत्र बुझाउदै पुनः स्मरण गराएका थिए

हिकोडेफका उपाध्यक्ष कमला ढाडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामी परियोजनाकी जिल्ला संयोजक उमाकला शर्माले बैदेशिक रोजगारीको वर्तमान अवश्थाको बिषयमा जानकारी गराएकी थिइन् । 

यो पनि पढ्नुहोस् 

थाहै नपाएको अवस्थामा क्षतिपूर्ति मिल्यो लाख

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय