
काठमाडौं, असार ११-
एसईईमा बढी ग्रेड ल्याएका भन्दा कम ग्रेड ल्याएका विद्यार्थीले प्राविधिक शिक्षा अध्ययनपछि विकास निर्माणलगायत सीपमूलक क्षेत्रबाट बढी आम्दानी गर्ने देखिएको छ । कम ग्रेड ल्याएका विद्यार्थीले प्राविधिक तथा सीपमूलक शिक्षा लिएको १ वर्षदेखि नै आर्यआर्जन र विकास निर्माणमा सहयोग गर्न सक्ने विज्ञले बताएका छन् ।
प्राविधक तथा व्यावसायिक शिक्षा हासिलपछि तत्काल निर्माणलगायतका सीपमूलक क्षेत्रमा रोजगारमुखी हुने भएकाले कम गे्रड ल्याएका विद्यार्थीले प्राविधिक शिक्षा लिन विज्ञले सुझाएका छन् । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पूर्वनिर्देशक शिवशंकर घिमिरेले एसएलसी परीक्षामा १।६ भन्दा कम ग्रेड हासिल गरेका विद्यार्थीले १५ महिने अध्ययनपछि रोजगार क्षेत्रमा जान सक्ने गरी दक्ष हुने बताएका छन् ।
सीटीईभीटीबाट ३ महिनेदेखि १५ महिनेसम्मको विभिन्न प्रकारका तालिमपछि रोजगार हुने दर ८० प्रतिशत रहेको छ,” उनले भने । प्राविधक शिक्षा लिएका विद्यार्थीले रोजगारीका लागि साधारण शिक्षा लिएका विद्यार्थीभन्दा छिटो जागिर पाउने गरेका छन् ।
यसवर्ष एसएलसीमा कम ग्रेड ल्याउने विद्यार्थीले नतिजा अपग्रेड गर्दै प्राविधिक शिक्षासमेत लिन पाउने छन् । सकारले एसएलसी नतिजामा कम ग्रेड आएका विद्यार्थीले प्राविधिक तथा व्यावसायिक शिक्षा लिन सक्ने विकल्प खुल्ला गरेपछि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा विद्यार्थीको चाप पनि बढने भएको छ ।
सरकारले कम ग्रेड ल्याएका विद्यार्थीलाई सीटीईभीटीमा भर्ना गर्न अनुरोध गरे पनि पूर्वाधार भने छैन । एसएलसी परीक्षामा १।६ जीपीएभन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा लिन सक्ने प्रावधान राखे पनि सोअनुसारको पूर्वाधार भने सीटीईभीटीमा छैन । सीटीईभीटीमा २०४५ सालदेखि जनशक्ति माग नगरिएका कारण हाल प्राविधिक, शिक्षक तथा कर्मचारीको अभाव छ ।
रिक्त दरबन्दीमा विगत लामो समयदेखि अस्थायी तथा करारबाट पदपूर्ति गरिँदै आएको छ । टीएसएलसी तह र छोटो अवधिका तालिमका लागि लगभग ५० हजार विद्यार्थी भर्ना क्षमता रहेको सीटीईभीटीले जनाएको छ । सीटीईभीटीका सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक शिवशंकर घिमिरेले एलएलसी परीक्षामा १।६ जीपीएभन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीका लागि पनि उच्च शिक्षा अध्ययन गर्न विभिन्न अवसर रहेको बताए ।
“एसएलसीमा कम ग्रेड ल्याएका सबै विद्यार्थी भर्नाका लागि आउने सम्भावना हुँदैन” उनले भने, “कम ग्रेड ल्याएका विद्यार्थीको भर्ना प्रक्रिया अघि बढाइ सकिएको छ ।” १.६ ग्रेडभन्दा कम ल्याउने विद्यार्थीका लागि सीटीईभीटीमा छोटो, १५ महिने र २० महिने ३ वटा गरी २ सयभन्दा बढी पाठ्यक्रम तय गरिएको छ । सीटीईभीटीमा टीएसएलसीतर्पm छोटो अवधिमा ३ महिने, १ वर्षे र लामो अवधिका १५ र २९ महिने कक्षा सञ्चालन गर्दै आइरहेको छ ।
यी ४ वटा अवधिका तालिम सबै विगतमा एसएलसी फेल भएका हाल १.६ ग्रेड भन्दा कम आएकाका लागि सञ्चालन गरिन्छ । त्यसमध्ये १५ महिने मेडिकल ल्याब्रोटरी टेक्नोलोजीमा सबैभन्दा कार्यक्रम रहेका छन । यसअघि एसएलसी फेल गरेका विद्यार्थीले सबै भन्दा रोजाइको विषय यही हुने गरेको थियो । टीएसएलसी १५ महिने कार्यक्रमका लागि २५ वटा विषयमा कक्षा सञ्चालन हुँदैै आएको छ ।
मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा देशभर ८४ कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । त्यसैगरी टीएसएलसीमा सिभिल इन्जिनियरिङ देशभर ८३ कार्यक्रम सञ्चालन हुँदै आएको छ । २९ महिने टीएसएलसीका लागि ११ विषयमा कक्षा सञ्चालन गरिँदै आएको छ । यो २९ महिने टीएसएलसीका लागि जेटिए प्लान्ट साइन्समा ४० वटा शिक्षालय रहेका छन । अघिल्लो वर्ष टीएसएलसी समूहतर्फको २९ महिने कोर्सका लागि ३ हजार ३१५ र १५ महिने कोर्सका लागि २१ हजार २९० ले भर्ना पाएका थिए ।
कारोवारबाट