‘साउदीबाट ज्यान बचाएर आइयो’

काठमाडौं, असार ९-

कतारको सिमा क्षेत्र आवु सम्राहाबाट सय ५० किमि टाढा पर्छ, साउदी अरवको ुअल होफुफु साउदीको निकै पुरानो वजार रहेको अल होफुफमा कतारीहरुको वाक्लो आवातजावत हुन्थ्यो अल होफुफसँग जोडिएको बिशाल भरुभुमिमा कतारीको ऊँट बाख्राहरुका गोठहरु सयौं छन् त्यही ऊँट, बाख्रालाई चाहिने दाना, औषधी, घाँस, पानीदेखि गोठको लागि आबश्यक पर्ने वन्दोवस्तीका सामान खरिदगर्न आउने मुख्य स्थल नै अल होफुफ हो

भोजपुरका ३७ वर्षीय अर्जुन राई अल होफुफबाट पनि झन्डै सय किलोमिटर टाढा भरुभुमिमा वस्न थालेको वर्ष भयो खासमा उनी काम गर्न कतार पुगेका थिए कतारी साहु मोहम्मद मर्रीले साउदीमा ऊँट हेर्न लिएर गएपछि उनी त्यतै वस्न थाले जसोतसो जिन्दगी चलिरहेको वेला एक साता अघिदेखि भने राईले कल्पनै गर्न नसकिने कष्ट सहनु पर्यो

उनका साहु २र४ दिन विराएर ऊँटको दाना लिएर गोठमा आइपुग्थे उँटको दानाको साथमा राईको दानापानी पनि आउथ्यो तर, जुन तारिखमा साहु फर्केपछि पुनः साउदी छिर्न पाएनन् त्यतिखेर ल्याइदिएको मेरो मात्रै होइन ऊँटको दानापानी पनि सकियो’, उनले फोनमा भने, ‘मैले साहुलाई हरेक दिन फोन गर्थें साहुले अव अल्लाहको भर गर्न भन्थे

साहुले साउदीले नाकावन्दी गरिदिएको आफ्नो केही सीप नलागेको बताएपछि राईको सात्तो गयो गोठमा सय ऊँट सय बाख्रा थिए दुई सुडानी गरी तीन जना थियौं हामी आफै भरुभुमिबाट बजारसम्म जान सक्ने अवस्था थिएन,’ उनले भने, ‘हाम्रो क्षेत्रमा वरिपरि धेरै कतारी साहुकै ऊँटहरु थिए त्यहाँ हरेक गोठमा नेपाली दाजुभाई थिए सवैको अवस्था मेरै जस्तो थियो

भर्खरै जन्मिएका ऊँटका वच्चाहरु पानी खाना नपाएर मर्न थाले राईलाई पनि खानै नपाएर मरिन्छ कि भन्ने डर भयो हामी सवै गोठाला एकदमै चिन्तित हुन थाल्यौ गोठ नै छोडेर हिड्ने अवस्था थिएन सय किलोमिटर कति दिनमा पुगिने हो ? फेरी ऊँटलाई कसरी विचल्ली बनाउने,’ उनले भने, ‘यसरी आफैले हुर्काएको ऊँटहरुलाई अलपत्र वनाएर हिड्न आँट नै आएन

साउदी अरवले कतारी साहुका सवै ऊँटहरु आफ्नो क्षेत्रबाट २४ घण्टाभित्र पठाउने घोषणा गरेपछि मोहम्मदले गोठालासहित सबै ऊँट कतारमा ल्याउन पाए साहुले उसको साउदी साथीलाई भनेर गाडी पठाइदिएछन्,’ उनले फोनमा भने, ‘त्यही गाडीमा अटाई नअटाई ऊँट हालेर ल्यायौं

 उनले कतारी भुमिमा पाइला टेक्न पाएपछि अव बाँचिन्छ जस्तो लागेको वताए सवै ऊँट बाख्रा आइपुगेको छैन गाडीले ओसारी रहेको ,’ उनले भने, ‘ पहिलो लटमा आएर यता बन्दोवस्त मिलाई रहेको छु

कतारी निकायका अनुसार साउदीले दुईदिनमा १२ हजार ऊँट, हजार भेडा, सय भन्दा बढी गोठालाहरुलाई डिपोर्ट गरेको जनाएको कतार ऊँट एशोसियसनले कतारी नागरिकको साउदीको बिभिन्न स्थानमा एक लाख ५० हजारभन्दा बढी ऊँटहरु रहेको जनाएको कतारी भिसा (परिचयपत्र) भएका गोठाला (घरेलु कामदार) लाई ऊँट हेर्नको लागि मालिकले सँगै लिएर जान पाउने सुबिधा दिइएको थियो कतारीले साउदी लैजाने बेला नेपाली दूतावाससँग अनुमति लिने गरेको छैन नेपाली दूतावासले आफ्ना नागरिकलाई कतारवाट साउदीमा ऊँट, बाख्रा मजरामा काम गर्न लैजाने बेला अनुमति वा जानकारी दिनुपर्ने बिषयमा कतारी निकायसँग कहिल्यै चासो ब्यक्त गरेको पनि छैन

जुन देखि साउदीको नेतृत्वमा बहराइन, युएई लगायतकाले कुटनीतिक सम्बन्ध विच्छेदसँगै नाकावन्दी गरेको थियो कतारी नागरिकले जनावरलाई समेत डिपोर्ट गरेर आफुहरुमाथि दुश्मन सरह ब्यबहार गरेको वताएका छन् हाम्रो पुस्तादेखि नै साउदीमा ऊँट राखेका थियौं कतारमा भन्दा त्यहाँ सजिलो हुन्थ्यो मेरो काका आफन्तहरु साउदी नागरिक हुन्,’ कतारी नागरिक सर्द अल हजारीले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्,‘ हामी आफै गएर ऊँट ल्याउन पनि दिइएन मेरो धेरै ऊँटहरु बाटोमै मर्यो लाखौ रियालको नोक्सानी ब्यहोर्नुपरेको

अरव क्षेत्रमा ऊँट भेडा पाल्ने काम परम्परागत पेशाको रुपमा लिइन्छ उनीहरुले यसलाई प्रतिष्ठाको बिषयका रुपमा पनि लिने गरेको छन् एउटा सामान्य ऊँटको मुल्य १० हजार रियाल ( लाख रुपैयाँ) सम्म पर्छ दौड प्रतियोगितामा जित्ने ऊँटको मुल्य लाख रियाल (६० लाख रुपैयाँ) सम्म पर्छ हामीसँग पनि मुल्यावान ऊँटहरु धेरै थिए,’ राई भने, ‘मलाई सवैभन्दा ठुलो चिन्ता यी मुल्यावान उँटलाई बचाएर ल्याउन सकिन्छ कि सकिन्दैन भन्ने ठुलो चिन्ता थियो धन्न आफु पनि बाँचियो यी ऊँटलाई पनि बचाएर ल्याउन सकियो

 

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय