खाडीमा चर्को गर्मीमा बच्न के गर्नु पर्छ ?

  

हरि कृष्ण न्यौपाने, कुवेत-

बिगतका बर्षहरुको तुलनामा कुवेत तथा मध्यपुर्बका राष्ट्रहरुमा यो बर्ष अत्याधिक गर्मी बढीरहेको छ । बिशेष त ४५ ५० डिग्री तापक्रम ननाघ्ने कुवेतमा यो हप्ताको तापक्रम ५२ डिग्रीसम्म पुग्यो । कुवेतमा बढीरहेको तापक्रमका कारण यहाँका बिभिन्न सञ्चार माध्यमहरुले उच्चतापक्रमबाट सचेत रहन र सकेसम्म दिउँसो बाहिर ननिस्कन यहाँका नागरिक तथा आप्रबासीहरुलाई आग्रह गरेका छन।

त्यसो त कुवेत सरकारको सार्वजानिक प्राधिकरणका जनशक्ति सुरक्षाको लागि उपमहानिर्देशक अब्दुल्लाहा अलमुतवाले सधैं झै यो बर्ष पनि जुनको पहिलो हप्ताबाट अगस्टको अन्तिम हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुला क्षेत्रमा श्रमिकहरुलाई काममा नलगाउन निर्देशन जारी गरिसकेका छन् । 

कस्ता ब्यक्तिलाई गर्मिले बढी असर गर्छ ?

बिशेष गरी श्वासप्रश्वास रोग भएका ब्यक्तिहरु, ४ बर्ष भन्दा कम उमेरका बच्चाहरु, गर्भवती महिलाहरु, ६५ बर्ष काटेका ब्यक्तिहरु, बीपी (रक्त संचार) अस्थिररहेका व्यक्तिहरु, ब्लड सुगरका औषधी सेवन गर्ने गरिरहेका ब्यक्तिहरु, उमेर अनुसार धेरै तौल भएका मनिसहरु, अत्याधिक मोटा ब्यक्तिहरुलाई यस्तो गर्मीका कारण प्रतक्ष असर गर्न सक्छ । जसका कारण गर्मी स्ट्रोक र निर्जलीकरण हुदै टाउको अत्याधिक दुख्ने, अचेत हुने वा अन्धो समेत हुन सक्छन।

कुवेतमा केही हप्ता देखी अत्याधिक गर्मी र धुलोका कारण धेरै ब्यक्तीहरु मौसम परिवर्तनबाट लाग्न सक्ने समान्य रुघा, खोकी, ज्वरो तथा जिउ दुख्ने (क्लाइमेटिकल चेन्जेच डिजेज फिबर) बाट प्रभावित छन । त्यती मात्र होइन हरेक दिन आगलागीका घटनाहरु बढी रहेका छन । त्यती मात्र होइन अत्याधिक गर्मीकै कारण सडकमा चलिरहेका सवारी साधनहरु पनि जल्ने क्रम बढीरहेको छ । त्यसैले कुवेतको गर्मीबाट बच्न आफैंले सक्दो प्रयास र समाधानका बाटोहरु अपनाउनु जरुरी छ।   

कुवेतको गर्मी मौसमको कारण हुन सक्ने क्षतीबाट बच्न गर्न सकिने समाधानका उपायहरुः

१. सकेसम्म मध्यान्नमा बाहिर अनावश्यक घुमफिर वा किनमेलको लागि ननिस्कने।

२. निस्कनै परे पनि क्याप, ह्याट, सनग्लास र शरिरको सबै अंग छोपिने कपडा लगाउने । कालो कपडा सकेसम्म नलगाउने र अन्य रंगिन कपडाको साटो पनि सेतो हल्का कपडा लगाउने। 

३. सकेसम्म समयमै घटिमा ६ देखी ८ घण्टा सुत्ने र अनिदोमा बाहिर ननिस्कने।

४. सकेसम्म धुम्रपान, मध्यपान र लागु औषधको सेबन नगर्ने। इनर्जी ड्रिङ्गस र चियाकफी कम पिउने।

५. बाहिरबाट आउने बित्तिकै पसिना नसेलाउदै लगाएको कपडा परिवर्तन नगर्ने तथा बाहिरबाट आउना साथ ननुहाउने।

६. खाना खाने बित्तिकै वा नुहाउने बित्तिकै नसुत्ने।

७. कोठा तातो भयो भनेर सुत्नु अघी एसी धेरै चिसो नबनाउने, सके सम्म एसीलाई २२ २४ डिग्रीसम्म मात्र राख्ने।

८. बिजुली सर्टसर्किटबाट बच्दै आगालागी हुन नदिनको लागि घर तथा अफिसमा काम सके पछीका इलेक्ट्रोनिक्स डिभाइसहरु बन्द राख्ने।रिचार्जेबल इलेक्ट्रोनिक्स सामानहरु पनि लामो समय चार्जमा नछोड्ने।

९. दैनिक कम्तीमा पनि दुई देखि तीन लिटर पानी पिउने । सकेसम्म हरिया तरकारीहरु, फलफुल बिशेष गरी खरबुजा, तरबुजा खाने अनी फ्रेस जुसहरु बढी पिउने।

१०. रमादान बाहेकका समयमा बाहिर निस्कदा सधैं पानी साथमा राख्ने। पानीले बेला बेलामा मुख धुने र भिजाएको रुमालले बेला बेलामा शरिरको खुल्ला भागमा पुछ्ने। 

११. धेरै गर्मी भयो भनेर धेरै चिसो पेय पदार्थ नपिउने, किनकी गर्मीमा टनसिलले छिट्टै समाउन सक्छ।

१२. यदी सबारी साधन चलाऊनु हुन्छ भने सवारी साधनको सर्भिसिङ समयमै गराउनुस। इन्जिनको पानी वा वेल र फिल्टर चेक गरिरहनुस। सबारी साधनको एसी धेरै स्पिडमा नचलाउनुस् जसको कारण ओभर हिट हुने सम्भाबना हुन सक्छ।

१३. यदी तपाईंले १२ घण्टा भन्दाबढी लगातार काम गरिरहनु भएको छ वा लगातार उभिएर गर्नु पर्ने काम गरिरहनु भएको छ भने पानीको मात्रा बढाउनुस र आफुलाई सकेसम्म कम तनावमा राख्नुस।

१४. तपाईंलाई ब्लड प्रेशर, ब्लड सुगरको समस्या छ भने र औषधी सेबन गरिरहनु भएको छ भने समय समयमा परिक्षण गरिरहनुस।

१५.सकेसम्म कम तनावमा रहनुस।  

यो पनि पढ्नुहोस्

नेपालमा सुन तस्करीको अभियोगमा दुवईमा दुई नेपाली पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय