नेपालमा सुन तस्करीको अभियोगमा दुवईमा दुई नेपाली पक्राउ

 

काठमाडौं, असार ७- 

प्रहरी भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन् तस्करीका नाइके भएको अभियोगमा अर्जुनप्रसाद खरेल राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुवैलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याउने प्रयास भइरहेको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिए खरेल पन्थविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको थियो सोही आधारमा युएई प्रहरीले उनीहरूलाई केही दिनअघि पक्राउ गरेको हो

सेटिङ गरेर दुई वर्षदेखि सुन तस्करी

सिआइबीले गत २० पुसमा पिंगलास्थानबाट साढे ३३ किलो सुनसहित तीन युवकलाई पक्राउ गरेको थियो अनुसन्धान गर्ने क्रममा सो सुन दुबईमा रहेका व्यक्तिहरूले नेपाल पठाएको विमानस्थलमा सेटिङ गरेर दुई वर्षदेखि तस्करी गर्दै आएको खुलेको थियो अनुसन्धानका क्रममा उक्त सुन हरिशरण खड्का, रोशन (गुप्तलाल) भुसाल, राजन पन्थ, अर्जुन खरेल, किसनगोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं, गोपी भुसाल प्रमोद श्रेष्ठलगायतको भएको खुलेको थियो उनीहरू सबै फरार रहँदै आएकोमा खरेल पन्थ भने पक्राउ परेका हुन्

सुन तस्करीमा फरार रहेका अन्य व्यक्तिहरू दुबईको बर दुबई भन्ने ठाउँमा याक एन्ड यती सुन पसल तथा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् दुईजना पक्राउ परेपछि उनीहरू युएईमा भूमिगत भएका छन् राज्यका विभिन्न निकायलाई प्रभावमा पारेर उनीहरू डेढ वर्षदेखि सुन तस्करी गरेर रातारात करोडौँको मालिक भएको प्रहरीले जनाएको प्रहरीले उनीहरूको सम्पत्तिको पनि अनुसन्धान गरिरहेको उक्त गिरोहका १२ जनालाई सिआईबीले पक्राउ गरी २१ जना फरारसहित ३३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको

पाँच भरियामार्फत १४२ पटक तस्करी

सिआइबीका अनुसार उनीहरूले पछिल्लो डेढ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै करिब दुई हजार केजी सुन तस्करी गरेर नेपाल भित्राएका थिए तस्करीमा खटाएका पाँच भरियामार्फत १४२ पटक तस्करी गरेको पुष्टि भएको थियो विमानस्थलबाट सुन तस्करी हुने गरेको सूचनाका आधारमा गत २० पुसमा सुन लिएर आएका गोपालबहादुर शाही, दिलबन्धु थापा सन्तोष काफ्ले पक्राउ परेका थिए

अनुसन्धानका क्रममा विमानस्थलका प्रहरी कर्मचारीसमेत पक्राउ परेका थिए प्रहरीले एसएसपी श्याम खत्री, एयरपोर्टका भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राज ढकाल, श्याम श्रेष्ठ, न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ नारायण श्रेष्ठ तस्करीमा संलग्न रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले गोपाल शाहीविरुद्ध मुद्दा दायर गरेको थियो

त्यस्तै, तस्करीमा सहयोगीको भूमिकामा उत्तरढोकास्थित दरबार दोहोरी क्लबका सञ्चालकद्वय रामप्रसाद खड्का प्रकाश खरेल, सुन ओसारपसारमा संलग्न भोला मगर, संकेत खतिवडा, विष्णु सुवेदी, माधव सुवेदी तथा एयरपोर्ट भन्सारका कर्मचारीहरू गंगा भुसाल, तेजबहादुर श्रेष्ठ प्रद्युम्नहरि श्रेष्ठ, विशालबजारस्थित आरके ज्वेलर्स दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य मलिका बज्राचार्य शाक्य, सालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल राहुल गोयललगायतलाई फरार प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो पक्राउ परेकामध्ये भन्सारका कर्मचारी जेल चलान भएका थिए भने एसएसपी खत्रीलगायत सुन पसले धरौटीमा छुटेका छन्

कानुनी जटिलताले नेपाल ल्याउन समस्या 

कानुन निर्माणका क्रममा भएका त्रुटिले विदेशमा पक्राउ परेका अभियुक्तलाई नेपाल ल्याउन समस्या भएको संगठित अपराध ऐनमा मुद्दा दायर भई फरार भएको व्यक्तिउपर अदालतले पक्राउ पुर्जी जारी गर्ने प्रावधान छैन, हदम्याद मात्र जारी हुन्छ तर, युएई प्रहरीले अर्जुन खरेललाई नेपाल पठाउन अदालतको पक्राउ पुर्जी मागेको जसका कारण समस्या भएको हो हतारमा कानुन बनाउँदा यस्तो त्रुटि भएको प्रहरी अधिकारीहरू बताउँछन्

पक्राउ पुर्जी पठाउन नसकेपछि सिआइबीले सुन तस्करीको आरोपमा दुबईमा पक्राउ परेका खरेल राजन पन्थको संलग्नताको थप प्रमाण संकलन गरी इन्टरपोलमार्फत युएई प्रहरीलाई पठाएको पक्राउ परेका दुवैजना युएई प्रहरीको हिरासतमा छन् उनीहरूलाई डिपोर्ट गरेर नेपाल पठाउने तयारी त्यहाँको प्रहरीले गरेको

यो समाचार नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका हुन् 

यो पनि पढ्नुहोस् 

१७ नेपाली अलपत्र, उद्धारको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय