ठगीमा परेर साउदीमा बिचल्ली

 

सुखिलाल चौधरी, उदयपुर, असार ६-

धन कमाउने आशमा साउदी अरब पुगेका उदयपुरका एक युवा विचल्लीमा परेका छन उनले धन कमाए घर फर्किन्छु भन्दा नै पाएका छन् रोगले थलिएपछि उनी उपचारबाट समेत बञ्चित हुनु परेको त्रियुगा नगरपालिका १३ असारीका २४ वर्षे युवा तेजबहादुर कटुवाल साउदी यात्राले घर घाटको अवस्थामा पुगेका हुन्

गत बैशाख गते साउण्डलाईन रिक्रुटमेन्ट सर्भिसेस काठमाडौ मार्फत साउदी उडेका कटवाल मर्नु बाँच्नु भएका छन मोटो रकम एजेन्टलाई तिरेर साउदीमा गएको छोराले काम पनि नपाएको गएको २५ दिनमै प्यारालाइसिस भएर थलिनु परेको बुबा गजकेशर कटुवालले बताए

एक लाख ७० हजार नगद गाईघाट बजारकै नेत्र सुव्वा तथा उनकी श्रीमति रेस्मा लिम्बु खत्रीलाई तिरेर साउदी पठाएको हुँ, गजकेशले भने, ‘साउदी पुगेपछि छोराले काम पनि पाएन, आधा शरिर चल्न नसक्ने रोग लाग्दा पनि म्यानपावरले फिर्ता ल्याइ दियो, उपचार नै गरिदियो

धन कमाउने आशमा साहुसँग ऋण लिएर विदेश पठाएको छोरो घर फर्किन नै नपाउने पो हो की भन्ने चिन्ता बुबा गजकेशरलाई ऋण लिएर साउदी पुगेको छोरोले २५ दिनसम्म पनि काम पाएन, रोगले थलिएको रे नेपाल ल्याउन पाए हुने थियो, बुबा गजकेशरले भने

छोरो फिर्ता ल्याउन गजकेशर अहिले जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वय समिति अन्र्तगतको बैदेशिक रोजगार परामर्श केन्द्र –सामी परियोजना) धाउने गरेका छन साउदी जानको लागि १० हजार मात्र भए पुग्ने रहेछ, जिल्ला समन्वय समितिमा गत शुक्रबार दिउँसो भेटिएका गजकेशरले भने, ‘स्थानीयस्तरमा म्यानपावरका एजेण्ट नेत्रले कसैलाई नभन्नु भन्दै एक लाख ७० हजार लिएर कुनै कागजात दिएनन्, अब पैसा पनि डुब्ने भयो, छोरो पनि उतै मर्ने हो की भन्ने डर

गजकेशर छोरोलाई फिर्ता ल्याउनको लागि विभिन्न निकायसँग हारगुहार गरिरहेका छन जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका छन छोरोलाई फिर्ता ल्याइदेउ भन्दा एजेण्ट नेत्रले एक हप्ता भित्र ल्याइ दिने भन्दै आश्वासन दिदैँ आएपनि त्यो पुरा भएको छैन उल्टै उनले धम्क्याउने गरेको उनको भनाई मेरो छोरोलाई कहिले ल्याइ दिने भन्दा गुण्डा लगाएर मार्ने धम्की समेत नेत्रले दिन्छन आँखाभरी आँशु पार्दै गजकेशरले गुनासो गरे प्रहरी, पत्रकारलाई जानकारी दिए कुट्ने मार्ने धम्की समेत दिएकाले जिल्ला प्रशासन कार्यालयमा उनले जिउ ज्यानको लागि शान्ति सुरक्षा पाउँ भनेर निवेदन दिएका छन्

नेत्रकी श्रीमति रेस्माले श्रीमान नेत्रले तेजबहादुरलाई नेपाल ल्याउनको लागि बैदेशिक रोजगार विभाग धाई रहेको बताईन उहाँ नेपाल फिर्ता ल्याउने तयारीमा काठमाडौमा नै हुनु हुन्छ, उनले भनिन्एक हप्ता भित्र ल्याउने तयारीमा छौं, तर, हामीले एक लाख हजार मात्र पैसा लिएका हौं

यसबारेमा सामी उदयपुरकी संयोजक सोनम राईले हाल प्रहरी प्रशासन मार्फत यो विषयमा पीडितलाई सहयोग तथा न्याय दिलाउने प्रयास भइरहेको बताइन् । 

यो पनि पढ्नुहोस्

मलेसियामा बर्षेनी १८ बिदेशीले हिरासतमै ज्यान गुमाउंछन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय