सदीप निउरे, क्वालालम्पुर, असार ६-
मलेसियामा बर्षेनी १८ जना बिदेशी कामदारको प्रहरी हिरासतमै ज्यान जाने गरेको एक तथ्य सार्बजनिक भएको छ । मलेसियाको गृह मन्त्रालय स्रोतलाई उध्रित गर्दै बिगत १६ बर्षको यस अवधिमा प्रहरी हिरासतमा रहेका २ सय ८४ जना बिदेशी कामदारको मृत्यु भएको एक मानव अधिकारबादी संस्था सुआरामले सार्बजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
यस १६ बर्षको आंकडा अनुमान गर्दा बर्षेनी १८ जना बिदेशी कामदारले प्रतिबर्ष प्रहरी हिरासतमा ज्यान गुमाएको देखिन्छ । सन २००० देखि सन २०१६ सम्मको अवधिभित्र यति ठुलो संख्यामा बिदेशी कामदारले प्रहरी हिरासतमै रहेको अवस्थामा ज्यान गमाउनुको कारण भने एचआईभि एड्स, क्यान्सर, हृदयघात, क्षयरोग, दम तथा रक्तसंचारमा समस्या आएको भनि बताईएको छ । मृत्यु हुनेहरुमा अबैधानिक कामदार लगायत बिभिन्न आरोपमा समातिएकाहरु भएको बताईएको छ । कतिपयले जेल सजाय भोग्ने क्रममा ज्यान गुमाएको हुन सक्ने आंकलन गरिएको छ । हिरासतमा रहेकै अवस्थामा बिभिन्न स्रोत मुलुकका कामदारको मृत्यु हुन पुगेको भनि उल्लेख गरिएको भएपनि मृत्यु हुने कामदार कुन देशका कति जना परेका छन भन्ने बारेमा सार्बजनिक गरिएको छैन ।
मृतक मध्य नेपाली कामदारहरु पनि परेको अनुमान सजिलै गर्न सकिन्छ । किनकी मलेसियाको स्रोत मुलुक मध्य इन्डोनेसिया पछी नेपाल पर्दछ । यसैबिच अघिल्लो बर्ष सन २०१६ को अवधि भित्रमा बिभिन्न घरफिर्ती केन्द्रमा रहेका १५ जना बिदेशी कामदारको मृत्य भएको तथ्य पनि अधिकारबादी संस्था सुआरामले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । मृत्यु भएको भनिएका १५ जना कामदारहरुको पनि स्रोत मुलुक भने खुलाईएको छैन ।
अबैधानिक वा अन्य कारणले ३ महिनाको जेल सजाय काटेका बिदेशी कामदारलाई घरफिर्ती केन्द्रमा पठाईने गरिन्छ । एकतर्फी हवाई टिकट काट्न नसक्दा बिदेशी कामदार लामो समय त्यहिं घरफिर्ती केन्द्रमा अलपत्र पर्ने गर्दछन् । बिभिन्न रोग लागेका कामदार हिरासतमा लामो समय रहंदा मृत्यु हुन पुगेको देखिन्छ । प्रहरी हिराशतमा बाहेक अन्न्य बिभिन्न कारणबाट पनि मलेसियामा बिदेशी कामदारहरुले ज्यान गुमाउने गर्दछन् । प्रत्यक बर्ष सरदर ३ सय ५० जना नेपालीले मलेसियामा ज्यान गुमाउने गरेको आंकडा यहांस्थित नेपाली राजदुतावासमा भेटिन्छ ।
बैधानिक कामदार २१ लाख तथा अबैधानिक कामदार ४० लाख भन्दा बढि भएको आंकलन गरिने मलेसियामा नेपाली कामदारहरु अहिले अनुमानित ५ लाख छन् । सन २०१३ र ०१४ सम्ममा १० लाख भन्दा बढि नेपाली कामदार रहेको अनुमान गरीने यहा असुरक्षा एव रिंगेटमा भारी मात्रामा आएको गिरावट र बढ्दो महगीका कारण लाखौ नेपाली कामदारले मलेसिया छाडेको देखीन्छ ।
यो पनि पढ्नुहोस्
मलेसियाबाट १ सय १२ नेपालीको उद्धार