कतारमा बृहत इफ्तार कार्यक्रम सम्पन्न

मोहम्मद अजिज अलि, कतार- 

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति कतारले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर १६ जुन शुक्रबार बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको

इस्लामिक धर्म गुरु मौलानाबाट कुरान पाठ गरि उद्घाटन गरिएको उक्त कार्यक्रम राष्ट्रिय गानसंगै औपचारिकता दिइएको थियो

कार्यक्रमका प्रमुख अतिथि जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले जनसम्पर्क समिति कतारले आयोजना गरेको बृहत इफ्तार कार्यक्रमका आयोजकलार्इ धन्यबाद शुभकामना दिदै यस्ता कार्यक्रमले नेपालका विभिन्न धर्म समुदायहरुको बीच रहेको भाइचाराको सम्बन्धलार्इ थप मजबुत बनाई नेपालीको धार्मिक सहिष्णुता सहितको उदाहरणीय सम्बन्धको संदेश प्रवाह हुने बताए

इस्लामिक क्यालेन्डरको नवौ महिनालार्इ रमजानको पवित्र महिना भनिन्छ सो महिना भरि मुस्लिम समुदायले बिहान सुर्योदय देखि बेलुका सुर्यास्तसम्म निराहार बर्त बस्ने गर्दछन

कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाहरुले रमजानको बारेमा प्रवचन दिएका थिए सो अवशरमा रोजेदार (व्रतालु) हरुलाई विभिन्न परिकार सहित इफ्तार (रोजा व्रत खोल्न) गराइएको थियो कतारमा रहेका अधिकाँश मुस्लिम समाज लगायत बैचारिक सामाजिक संघसंस्था पत्रकारहरुको  बाक्लो उपस्थित रहेको थियो

कार्यक्रमका बिशेष अतिथि जनसम्पर्क समितिका बिधान मस्यौदा समिति संयोजक एवं कांग्रेस १३ महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, निवर्तमान महामन्त्री एवं १३ महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राई, मौलाना मोहम्मद, प्रवासी नेपाली मंचका सचिव मुनाफ मिया, जनप्रगतिसिल मंचका कावा अध्यक्ष रकमध्वज राई, राजपा, कतारका अध्यक्ष हुसैन खान, नया शक्ति नेपालका संयोजक बीबी खरेल, संघिय लिम्बुवान कि उपाध्यक्ष रेखा राई जनसम्पर्क समिति सल्लाहकार मो शाकिर अलि, मुस्लिम समाजका अध्यक्ष इन्जिनियर अयुब हक, एनआरएनए आइसीसी सदस्य बिनोद भट्टराइ, एनसिसि महासचिव नन्द गर्बुजा  महिला समाज कतार कि अध्यक्ष सुस्मिता भुषाल, मुस्लिम बुद्दिजीवी समाजसेवी व्यवसायीहरुले सो अवशमा शुभकामना प्रदान गरेका थिए  अन्तमा मौलानाको दुवा फातियासंगै इफतार (रोजा) खोलिएको थियो

जनसम्पर्क समितिले हरेक बर्ष इफ्तार कार्यक्रमको आयोजना गर्दै आइरहेको साथै नेपालका सबै धर्म समुदायको अन्य चाड पर्वहरुलाई पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरेको

 यो पनि पढ्नुहोस्

 ५० डिग्री नाघ्यो तापक्रम, सजग रहन आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय