सुदीप निउरे, , क्वालालम्पुर, असार ६-
मलेसियाबाट सोमवार २८ जना नेपालीको उद्धार गरि घर फर्काईएको छ । पिनांगस्थित जुरु घरफिर्ती केन्द्रमा अलपत्र अवस्थामा रहेका उनिहरुलाई मलेसियास्थित नेपाली दूतावासको पहलमा नेपाल फकाईएको हो ।
एक साता अघि दूतावासको टोलीले जुरु घरफिर्ती केन्द्रको अवलोकन गरे लगत्तै उनीहरुको उद्धार गरिएको हो । गत बैशाख यता मलेसियाबाट एक सय १२ जना नेपालीको उद्धार गरिएको यहांस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
गत बैशाष ६ गत बुकित जलिल घरफिर्ती केन्द्रका १८ जना, बैशाख २६ गते सिसोनिया घरफिर्ती केन्द्रबाट ७ जना र गत जेष्ठ ११ गत पेकेनेनास घरफिर्ती केन्द्रबाट ५९ जनालाई एकतर्फी हवाई टिकटको ब्यबस्था गरि नेपाल फकाईएको मलेसियाका लागि नेपाली राजदुत डाक्टर निरंजनमानसिंह बस्न्यातले जानकारी दिए । घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई घर फर्काउने कार्य निरंतर जारी रहने डाक्टर बस्न्यातले बताए ।
यो पनि पढ्नुहोस्
मलेसियामा कामदारको सुरक्षा बलियो बनाउन सुझाव