कतारमा तीज तयारी 

 

दोहा, असार ५-

नेपाली महिला समाज कतारले कतारमा स्थापित संघसस्थाहरुसंग सहकार्य गर्दै रमाइलो तिज कार्यक्रम २०१७ को  अयोजना  गर्दै छ । नितान्त रमाइलो सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रमका लागि दोहाका बिभिन्न  संघसस्थाहरुले सहकार्य जनाई सकेका छन् । 

आगामी २५ अगस्त २०१७ मा हुने यो मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमलाई मुलुक कै बिपन्न अवस्थामा रहेका चेपाङ जातिका बालबालिकाहरुको सहयोग गर्ने कल्याणकारी लक्ष समेत रहेको छ । कार्यक्रमका लागि  नेपालका चर्चित कलाकारहरु सन्ध्या बुढा, अमृता लिम्बु, चन्दा अर्याल, प्रमिला श्री खनाल कतारमा आउने भएका छन् । 

उनीहरुले आफ्ना जादुमयी आवाजले कतारमा नेपालीहरुको ढुकढुकीलाई संगीतको स्पर्श गराउदै आफ्ना चर्चित गीतहरु दर्शक माझ पस्कने अपेक्षा गरिएको छ ।  साथै उनीसंगै सांगीतिक कार्यक्रमलाई थप रमाइलो गराउनको लागि कतारमा कार्यरत नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय