५० डिग्री नाघ्यो तापक्रम, सजग रहन आग्रह

दुवई, असार ४- 

युएईमा गत शनिवार यसबर्षकै सवैभन्दा धेरै ५१ डिग्रि सेल्सीयस तापक्रम पुगेको छ । यो बढेको तापक्रम मंगलवारसम्म नै जारी रहने अनुमान गरिएको छ ।

तापक्रम उच्च भएपछि घाममा बाहिर सकेसम्म खुल्ला रुपमा नकिस्कन र निस्कनै परेमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

उच्च तापक्रममा बच्न अपनाउनु पर्ने केहि सुझाव

१. प्रसस्त मात्रामा पानी पिउनुहोस् । दैनिक कम्तीमा पनि दुई देखि तीन लिटर पानी पिउन सल्लाह दिइएको छ ।

२. पानीले बेला बेलामा मुख धुनुहोस् । साथै भिजाएको रुमालले बेला बेलामा शरिरको खुल्ला भागमा पुछ्नुहोस् ।

३. पहिरनमा ध्यान दिनुहोस् । कालो कपडा सकेसम्म नलगाउनुहोस् । अन्य रंगिन कपडाको साटो पनि सेतो हल्का कपडा लगाउनु उचित हुन्छ ।

४. चियाकफी सकेसम्म कम पिउनुहोस् ।

यो पनि पढ्नुहोस्

कतारमा चर्को न्याय पर्खाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय