कतारमा चर्को न्याय पर्खाई

दोहा, असार ४-

उखरमाउलो गर्मी सुरु भइसकेको छ । तर बाहिर जति पोलेको छ महेन्द्र साह तेलीलाई, मन त्यो भन्दा कम पोलेको छैन । भनिन्छ नि नखाउँ त दिनभरीको शिकार, खाउँ त कान्छा बाउको अनुहार । हो ठ्याक्कै उनलाई त्यस्तै भएको छ । हेल्परको काममा दुई बर्ष अघि कतारमा काम गर्न आईपुगेका उनी ७ महिनादेखि तलव नपाएर अप्ठ्यारोमा परेका छन् । 

पावरलाईन ईञ्जिनियरिङ कतारमा बर्षौंदेखि कार्यरत उनी लगायत कामदारले महिनौंदेखि तलव नपाएर न्याय माग्दै भौंतारिन थालेको महिनौं वित्यो । सो कम्पनीमा २ सय भन्दा धेरै कामदार कार्यरत छन् । आफ्नै दूतावास, लेवर डिपार्टमेण्ट हुँदै उनीहरुको मुद्धा अहिले हाइकोर्ट पुगेको छ । तर जव हाईकोर्टले उनीहरुको मुद्धाको सुनुवाई ६ महिना पछिका लागि तोक्यो दुःखको लहरो निक्कै लामो भयो पीडित कामदारका लागि । 

एकातिर कम्पनीले न काम दिनसक्छ, न त दाम नै । अर्कातिर आफ्नो महिनौंको तलव नलिई घर फर्किन मनले मान्दैन । केहि नेपाली आश मारेर मुद्धा फिर्ता लिएर घर फर्केपनि २० भन्दा बढी नेपाली, ५) भन्दा बढी भारतीय, १२ जना थाई नागरिक र ६ जना फिलिपिनो नागरिकले आफूहरुको बाँकी तलव दिलाईदिन भन्दै मुद्धा हालेका छन् । तर त्यो मुद्धाको टुँगो कहिले लाग्छ थाहा छैन ।

यसरी कम्पनीले तलव दिन नसकेपछि विगत १० बर्षदेखि सो कम्पनीमा काम गर्दै आएकाहरु अलपत्र परेका हुन् । कतारको सहानियस्थीत कम्पनीको क्याम्पमा बस्दै आएका उनीहरु विजुलीको अभावमा राती खुल्ला ठाउँमा सुत्न बाध्य भएको पीडितले बताएका छन् । खान जेनतेन कम्पनीले दिएपनि पिउने पानीको भनें अभाव रहेको उनीहरुको भनाई छ ।

प्यालेष्टाइनी व्यवस्थापनमा चलेको सो कम्पनी कन्ट्रयाक्टिङ कम्पनी हो । आफूहरुलाई समस्या परेर महिनौं धाउँदा पनि सम्वन्धित निकायबाट सहयोग नपाएको उनीहरुको गुनासो छ ।

यो पनि पढ्नुहोस् 

मलेसियामा कामदारको सुरक्षा बलियो बनाउन सुझाव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय