मलेसियामा कामदारको सुरक्षा बलियो बनाउन सुझाव

 

सुदिप निउरेक्वालालम्पुर, असार ४

मलेसियाको बिदेशी कामदार सुरक्षा नीति मजबुत बनाउन आवश्यक रहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ । अन्तराष्टिय मानव अधिकारको सन्दर्भमा काम गर्ने संस्था हुमनराईट्स वाचले बिदेशी कामदार सुरक्षा नीति मजबुत बनाउन मलेसियासँग माग गरेको हो ।  त्यसो त बिदेशी कामदारको लागि यसअघिका रिपोर्टमा पनि मलेसिया खराबकै सुचिमा रहदै आएको छ । यस पटकको रिपोर्टमा पनि मलेसियाको  कामदार सुरक्षा नीति खराव नै देखिएको हो ।

यसै महिनामा सार्बजनिक गरिएको एक रिपोर्ट अनुसार बिदेशी कामदारमाथि मलेसियामा ब्यापक दुब्र्यबहार भईरहेको भन्दै यस्ताखाले गतिबिधि रोकिनु पर्ने वाचको ठहर छ । कामदारमाथी हुने गरेका बिद्यमान दुब्र्यवहार अन्त्य गर्न कामदार नीति बलियो बनाउनु पर्ने सुझाव समेत उसले दिएको छ । बिदेशी कामदारहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन समेत मलेसियासंग अधिकारबादी संस्था वाचले आग्रह गरेको छ । यहाँको रोजगार सुरक्षा, कानुन भन्दा धेरै बाहीर रहेको रिपोर्टलाई उध्रित गर्दै स्थानिय समाचार अनलाईन मलायामेलले खबर प्रकाशित गरेको छ ।

रोजगारदाता तथा एजेन्टले कामदारको हकप्रद आम्दानी समेत दुरुपयोग गर्ने गरेको रिपोर्टमा उल्लेख छ । घरेलु  कामदारको सन्दर्भमा  मलेसियासंग ईन्डोनेसिया र कम्वोडिया लगायत मुलुकले श्रम सम्झौता गरेको भएपनि ब्यबहारीक पक्ष कमजोर र फितलो रहेको सो संस्थाले उल्लेख गरेको छ । कतिपय रोजगारदाताले घरेलु कामदारलाई ६ महिना वा त्यो भन्दा पनि बढी समय पारिश्रमिक तोकिए बमोजिम नदिने गरेको पनि बताईएको छ । कामदार ल्याउंदा लाग्ने लागत कम गर्न रोजगार दाताहरुले यस्तो हर्कत गर्ने गरेको समेत रिपोर्टमा उल्लेख छ ।

यसका कारण मलेसियामा रहेका बिदेशी तथा राष्टिय घरेलु कामदारहरुको पुर्ण श्रम अधिकार संरक्षण गर्न आवश्यक रहेको वाचको तर्क छ । मलेसियामा बिद्यमान मानव तस्करी, बाध्यकारी श्रम नीति, यौन दुब्र्यवहार, शारीरिक शोषण लगाएत घरेलु कामदारबारे उठेका बिभिन्न आरोपमाथी छानबिन गर्न र जिम्मेवार बन्न मलेसियासंग उसले आग्रह गरेको छ । रोजगारदाता तथा एजेन्टहरुले बिभिन्न बहानामा पारिश्रमिक कटौती गर्ने गरेको भेटिएकाले त्यस खाले काम तत्काल बन्द गर्न भनिएको छ । अन्तराष्टिय श्रम संगठन आईएलओका अनुसार बिदेशी तथा घरेलु  कामदारको पुर्ण श्रम अधिकार प्रदान गर्न पनि सो संस्थाले मलेसियासंग माग गरेको छ ।

यो पनि पढ्नुहोस् 

मलेसियाका चार नेपाली अगुवामाथी ठगिको आरोप, आरोप लगाउने नेपाल पुगे

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: