सुदीप निउरे,असार ३, क्वालालम्पुर-
मलेसियामा रहेका सामाजिक तथा राजनितीक संघ संगठनका अगुवा माथी ठगि गरेको आरोप लागेको छ । गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राई, गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र न्यौपाने, माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे र प्रवासी नेपाली मञ्चका केन्द्रीय सदस्य मोहन घिमिरे माथी ठगि गरेको आरोप लागेको हो । टेक बहादुर घले नामका एक ब्यक्तिले उल्लेखित ४ जना अगुवाहरुले आफु लगाएत नेपालीहरुमाथी ठगि गरेको आरोप लगाउदै मलेसियास्थित नेपाली राजदुतावासमा उजुरी हालेका छन् ।
उता घलेले लगाएको आरोप कपोकल्पित र भ्रामक भन्दै चारै जना अगुवाहरुले ठाडै अस्विकार गरेका छन् । राजदुतावासमा हालिएको उजुरीमा कांग्रेश निकट जनसम्पर्क समिति मलेसियाका महामन्त्री योगेन्द्र कोइरालाले हस्ताक्षर गरी ठगि गर्नेहरुमाथी कारवाहीको माग गरेका छन् । ठगिको आरोप लगाउने घले जनसम्पर्क समिती मलेसियाका केन्द्रिय सदस्य हुन् । घलेले गरेको उजुरीमा विभिन्न कम्पनीमा आवद्ध रहेका नेपाली श्रमीकलाई अवैधानीक वनाएर सेक्युरेटी कम्पनीमा काम लगाइदिने, भिषाको प्रक्रिया थाल्ने तथा वैधानीक वनाईदिने भन्दै मोटो रकम असुल्ने गरेको आरोप छ ।
गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राईले आरोप अश्विकार गर्दै कांग्रेश निकट जनसम्पर्क समिति र पिडीत भनिएका टेक बहादुर घर्तिले आफ्नो ब्यक्तिगत रिसईबि साध्ने उदेश्यले राजदुतावासमा आफुहरु बिरुद्द उजुरी गरेको प्रतिक्रिया दिएका छन् । घर्तिले हालेको आरोप सहितको उजुरी गलत रहेको राई बताउंछन । अध्यक्ष राईले गैह्र आवासीय नेपाली संघको नाम मुछेर अर्नगल प्रचार गरिएको समेत बताए ।
स्रोतका अनुसार पिडीत भनिएका टेक बहादुर घले स्वयंमले मलेसियामा एजेंटको काम गर्ने गरेको बुझिएको छ । राजदुतावासमा निवेदन दिएको भोलीपल्टनै उनी नेपाल फर्केका छन् । घले पिडित नै नभएको आरोपितहरुले प्रतिकृया दिएका छन् । गैर आवसिय नेपाली संघका खगेन्द्र न्यौपानेले आफुले नियम संगत काम गरेको र आवश्यक परे प्रमाण पेश गर्न सक्ने वताए । कसैको उक्सावाटमा दुतावासमा हालिएको उजुरी मिथ्या भएको न्यौपानेको प्रतिक्रिया छ ।
नेपाली जनप्रगतीशिल नेपाली मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेले आफुहरुलाई नियोजित रुपमा फसाउन खोजिएको बताए । त्यसको नेतृत्व नेपाली काग्रेश जनसम्पर्क समिति मलेसियाले गरेको पाण्डेको आरोप छ। आरोप प्रमाणीत गर्न नसके जनसम्पर्क समितिले यस्को जिम्मा लिनुपर्ने पाण्डेको भनाई छ । कोही कसैको उक्सावटमा आफ्नो मानहानी गरिएको पाण्डेले आरोप लगाए ।
यस्तै प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रीय सदस्य मोहन घिमीरेले यस सम्बन्धमा आफु संलग्न नभएको प्रतिक्रिया दिएका छन् । आफु जस्तो सामान्य मान्छेलाई यसखाले गलत आरोप लगाईएको भन्दै नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समितिले यस्को जवाफ दिनु पर्ने घिमिरेले बताए ।
यसबारेमा घिमिरेले राजदुतावासमा जवाफी निवेदन दिएका छन् । घटनाबारे छानविन गर्ने मलेसिया स्थित नेपाली दुतावासले जानकारी दिएको छ । आफुहरु बिरुद्ध दुतावासमा ठगिको आरोप लागेपछि गैह्र आवासीय नेपाली संघ मलेसियाको आकस्मिक बैठकले संघका सदस्य समेत रहेका योगेन्द्र कोईराला कांग्रेशको भातृ संस्थामा सक्रिय भएको भन्दै एक हप्ता भित्र राजिनामा दिन समय दिएको छ । अन्यथा संघको सदस्यता स्वतः खारेज हुने निर्णय समेत बैठकको निर्णय छ ।
