कतार जानेहरु पर्ख र हेरको अवस्थामा

 

काठमाडौं, असार ३- कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो । निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ ।

जुन कम्पनीलाई कामदार पठाउदै थियौ । उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रोडुन्सियलका सञ्चालक नारायण पराजुलीले भने, ‘रमजान महिना चलिरहेकोले काम सुस्त छ भन्ने सुचना मात्रै दिइएको छ ।रमजान भनिएपनि कतारमा लागेको नाकाबन्दीका कारण धेरै कम्पनी पर्ख र हेरको अवस्थामा छन ।

जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइनसहित ९ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको छ । साउदी, युएई र बहराइनले जल, हवाई र स्थल यातायातसमेत रोकेर कतारलाई नाकाबन्दी गरेको छ ।

नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौ म्यानपावरको काम केही सुस्ताएको छ । रोजगारदाता कम्पनी विकसित घटनाक्रम हेरेर मात्रै कामदार ल्याउने सोचाईमा पुगेपछि कामदार भर्ना प्रक्रिया सुस्त भएको म्यानपावरको बुझाई छ । रोजगारदाता कम्पनी पछिल्लो कतारको अवस्थाबारे केही बताएको छैन्,’ पराजुलीले भने, ‘उनीहरु पर्ख र हेरको अबस्थामा छन् कि जस्तो लाग्छ ।

कतारको बदलिदो अवस्थाले वैदेशिक रोजगारीमा जान खोज्ने नेपाली कामदार पनि अन्यौलमा छन् । जुन २६ र जुलाई ५ तारिखको लागि अन्तर्वार्ता राखेको छु । एउटै कम्पनीको लागि तीनसय कामदार पठाउँदैछु,’ ओशो रिक्रुटिङ एजेन्सीका सञ्चालक लक्ष्मण विश्वकर्माले भने,‘जान इच्छुक कामदारको मनमा अलिअलि हिचकिचावट रहेको पाएँ ।

पूर्व श्रमस्वीकृति उस्तै, अन्तिममा गिरावट

वैदेशिक रोजगार कार्यालयका अनुसार कामदार लैजानको लागि सरकारसँग लिने अनुमति (पूर्व श्रमस्वीकृति) मा कुनै गिरावट आएको छैन् । पुर्व श्रमस्वीकृतिको अनुमति लिएपछि मात्रै म्यानपावरले कामदारको छनोट र भर्ना गर्नको लागि प्रक्रिया अगाडि बढाउन पाउँछन् । म्यानपावरहरुले जुन ५ देखि शुक्रबारसम्म २६ हजार ९ सय ९५ जनालाई भर्ना गर्न अनुमति लिइसकेको छ । त्यो लिदैमा पठाउनु नै पर्छ भन्ने छैन । पुर्व श्रमस्वीकृति लिएपछि मात्रै अन्तिम श्रमस्वीकृतिको ढोका खुल्छ ।

शुक्रबार मात्रै ३ हजार ३ सय ५० जनालाई भर्ना गराउने अनुमति लिएका छन् । तर, अन्तिम श्रम स्वीकृति निकै कम म्यानपावरले लिएका छन् । वैदेशिक श्रम कार्यालयका अनुसार दुई सातामा जम्मा ३ हजारले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन ।

शुक्रबार जम्मा १ सय ५१ ले मात्रै अन्तिम श्रमस्वीकृति लिए,’ कार्यालयका प्रमुख तेजराज पाण्डेले भने, ‘यो सामान्य अवस्था भन्दा ५० प्रतिशत कम हो ।उनका अनुसार जुन ५ भन्दाअघि सरदर ४ सय कामदारले अन्तिम श्रम स्वीकृति लिन्थ्ये । रमजानको महिनामा रमजानका कारण पनि केही घटेको हुन सक्ने उनको अनुमान छ । अरब देशमा रामजानको महिना काम एकदमै कम हुन्छ,’ पाण्डेले भने, ‘तीनरचार महिनादेखि कतार जाने कामदारमा गिरावट आइरहेको देखिन्छ । अहिले ठूलो गिरावट आउनुमा बदलिएको अवस्थाले पनि असर गरेको देखिन्छ ।

कतारमै कम्पनी खोलेर ब्यवसाय गर्दै आएका ओशोका सञ्चालक विश्वकर्मा अनुसार रमजान महिनामा श्रमस्वीकृति घट्दैमा प्रभाव आएको भन्न मिल्दैन । जहिले पनि रमजानपछि कामले गति लिन्छ । रमजानपछि पनि यही अवस्था रहिरहे मात्रै नाकाबन्दीको प्रभाब मानिन्छ,’ उनले भने, ‘धेरै प्रोजेक्ट रमजानपछि कम्पनीको हात पर्छ ।

पाण्डेका अनुसार कतार काम बिदामा आएकाहरु फर्किने क्रम पनि केही कम भएको छ । शुक्रबार बिदामा आएका तीनसय कामदारले श्रम स्वीकृति लिएकोमा ६० जना मात्रै कतार जानेछन्,’ उनले भने, ‘बिदामा आएकाहरु पनि फर्किहाल्न तयार भएको देखिन्न ।

 

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय