चार लाखले साउदी छोड्ने अनुमति लिए, आममाफी सकिएपछि कडा कारवाही सुरु हुने

विन्देश तामाङ, रियाद, असार १-

साउदी अरवमा आममाफीको तनि महिने समयावधि सुरु भएपछि हालसम्म चार लाख भन्दा धेरै आप्रवासी कामदारले स्वदेश फिर्तिको अनुमति लिएका छन् त्यसमध्ये लाख भन्दा धेरै स्वदेश फर्किसकेको स्थानीय अधिकारीलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यम साउदी ग्याजेटले समाचार लेखेको

जवाजातका महानिर्देशक मेजर जनरल सुलेमान अल याह्याका अनुसार साउदी अरवमा अवैधानिक रुपमा बसिरहेका चार लाख भन्दा धेरै आप्रवासी कामदारले यसबीचमा साउदी छोड्ने अनुमति लिइसकेका छन् हालसम्म चार लाख हजार सय ५३ जनाले त्यस्तो अनुमति लिएको उनले बताएका छन् उनका अनुसार त्यसमध्ये लाखले मुलुक छोडिसकेका छन्

उनले अझै १० दिन आममाफीको समय बाँकी रहेको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरेका छन् उनले यसबीचमा स्वदेश नफर्किनेहरुलाई आममाफीको समय सकिएपछि कुनै माफी नदिइने ठूलो आर्थिक जरिवाना सहित कडा कारवाही हुने चेतावनी पनि दिए आममाफीको समय सकिने वित्तिकै देशभरी सुरक्षाकर्मीले अवैधानिक कामदार खोजिको ठूलो अभियान चलाउने सो क्रममा फेला पर्नेहरु समस्यामा पर्ने उनले बताए उनले त्यस्ता अवैधानिक कामदारलाई बस्ने व्यवस्था गर्ने, गाडीमा चढाउने वा रोजगारी दिने कसैलाई छुट नदिइने प्रष्ट पारे

९० दिनका लागि दिइएको आममाफी गत मार्च २९ तारिखमा सुरु भएको हो । यसअघि सन् २०१३ मा साउदीले यस्तो आममाफी दिएको थियो । त्यसैले यसबर्षको आममाफी पछि अर्को आममाफीको समय सुरु हुन केहि बर्ष लाग्न सक्ने भएकाले पनि अवैधानिक रुपमा बसिरहेका नेपाली स्वदेश फर्किनु उपयुक्त हुन्छ । साउदी अरवमा १० लाख आप्रवासी कामदार अवैधानिक रुपमा बसेर काम गरिरहेको अनुमान गरिन्छ ।  

यो पनि पढ्नुहोस्

भिसा लागेकाहरु ढुक्क भएर कतार आए हुन्छः राजदूत कोइराला

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय