विदेशमा बस्नेलाई मात्र होइन राष्ट्रकै लागि लाभदायक योजनाः अर्थमन्त्री कार्की

काठमाडौं, जेठ ३१-

अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा गैर आवासिय नेपाली संघ(एनआरएनए) ले वैदेशिक रोजगारीमा गएकाहरुको लागि सञ्चालनमा ल्याउन लागेको सञ्चय कोषको व्यवस्था वैदेशिक रोजगारीमा गएकाहरुको लागि मात्र नभई राष्ट्रको लागि समेत फलदायी हुने भएकोले यसको अर्थ मन्त्रालयले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले सहितको टोलीसँगको भेटमा अर्थमन्त्री कार्कीले यस्तो धारणा राखे

गैरआवासीय नेपालीहरुका समस्या तथा सुझावप्रति अर्थ मन्त्रालय सकारात्मक रहेको सम्भव भएसम्म सम्वोधन गरिने वताए उनले संघलाई लाप्राक नमूना बस्ती निर्माण गर्न अग्रसर भएकोमा अभार प्रकट गरे स्थानिय तहको चूनाव सम्पन्न भएपछि आफू लाप्राक गई त्यहाँका स्थानिय बासिन्दाको जीवनस्तर कसरी उकास्न सकिन्छ यसमा अर्थ मन्त्रालयले कस्तो भूमिका खेल्न सक्छ त्यसको समिक्षा गरी उचित रणनीति समेत अपनाउने आश्वासन दिए

सो अवशरमा एनआरएनएका अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका गतिविधिहरुका बारेमा बताउँदै संघले निर्माण गरिरहेको लाप्राक नमूना बस्तीकाल बारेमा जानकारी गराए लाप्राकको भौगोलिक अवस्था तथा जलवायुको कारण निर्माणकार्य निकै चुनौतीपूर्ण रहेको भन्दै उनले त्यसमाथि प्रशासनिक झमेलाका कारण निर्माण कार्य अपेक्षा गरेभन्दा ढिलो भइरहेको जानकारी गराए

अध्यक्ष घलेले नेपालको युवा जनशक्ति दक्षता बिनै वैदेशिक रोजगारीमा होमिएकाले प्रतिफल न्यून रहेको दक्षता अभिबृद्धिमा राष्ट्रले भूमिका खेल्नुपर्ने सुझाव पेश गर्दै वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्दै देशमै रोजगारीको पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए उनले गैरआवासीय नेपाली संघले कर्मचारी सञ्चय कोषसंग सहकार्य गर्दै वैदेशिक रोजगारीमा गएकाहरुको लागि सञ्चय कोषको व्यवस्था गर्न लागेको जानकारी गराउँदै यसको कार्यान्वयनमा सहजिकरण गरिदिन समेत आग्रह गरे

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: