कतारको पक्षमा उत्रियो रुस, साउदीका राजासँग टेलिफोन वार्ता

 

काठमाडौं, जेठ ३१-

रूसले साउदी अरब तथा उसका सहयोगी मुलुकहरूले कतारविरुद्ध गरेको अवरोधले सिरियाको शान्तिप्रक्रियालाई थप कठिन बनाउने चेतावनी दिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले खाडीको कूटनीतिक समस्याबारे साउदी अरवका राजा सलमानसँग टेलिफोन वार्ता गरेपछि रुसले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

यसैगरी टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले पनि खाडी संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदसँग आग्रह गरेका छन् । उनले कतारले टर्कीसँगै आतंकवादी संगठनविरुद्ध दृढ अडान राखेको पनि स्मरण गराएका छन् ।

तर अन्तराष्टिय दवावका बीच कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या भनें बढेको छ । कतारलाई थप दवाव दिन सेनेगल र मौरिटानियाले पनि कतारसँगको कुटनीतिक सम्वन्ध विच्छेद गरेको घोषणा गरेका हुन् । यी देशसँगै कतारसँग सम्वन्ध विच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । यसअघि साउदी अरब, संयुक्त अरब इमिरेटस् (यूएई), बहराइन, इजिप्ट, यमन, लिबिया र माल्दिभ्सले सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए । कतारले आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै ती मुलुकले सम्बन्धविच्छेद गरेका हुन् ।

यो पनि पढ्नुहोस्

कतारको समस्या लम्विए नेपालका बैंकमा पनि समस्या पर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय