
हरि कृष्ण न्यौपाने, कुवेत, जेठ २९
कुवेतमा घरेलु कामदारको रुपमा काम गर्न आएको १२ दिनमै बर्दियाकी जौमाया दमाइले झुन्डिएर आत्महत्या गरेकी छिन । नेपाली दुताबास कुवेतका द्धितिय सचिव भोगेन्द्र लिङ्देनका अनुसार राहदानी नं ०८३९६६१६ रहेकी जौमाया गत मे २७, २०१७ का दिन कुवेत भित्रिएको उनको रेकर्डमा देखिएको छ। उनले आफु कार्यरत कुवेतको जबर अल अली भन्ने स्थानमा गत जुन ९ तारिक झुन्डिएर आत्महत्या गरेको कुवेत प्रहरीले बताएको लिङ्देनले बताए।
हाल जौमायाको साहु (स्पोन्सर) सँग सम्पर्क गर्न नेपाली दुतावासले प्रयास गरिरहेको र मृतक जौमायाको शव फर्वानियाको शव गृहमा राखिएको छ।जौमायाको परिवारसँग सम्पर्क गर्न पनि दुताबासले प्रयास गरिरहेको बताएको छ ।
यो पनि पढ्नुहोस्
अन्ततः सुरु हुने भयो १ सय रियाल लेभी