काठमाडौं, जेठ २९
तेलको मूल्यमा आएको कमिको मूल्य अव आप्रवासी कामदार मार्फत साउदी सरकारले उठाउने भएको छ । अन्तराष्ट्रिय बजारमा विगत केहि बर्षयता घटेको तेलको मूल्यका कारण साउदी अरवले अन्ततः आप्रवासी कामदार माथि लेभी लगाउने भएको हो । यो लेभी आगामी महिना(जुलाई १) देखि लागु हुने भएको छ ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार साउदी अरवले नयाँ करका रुपमा आप्रवासी कामदारमाथि निश्चित शुल्क तोकेर लेभी लगाउने भएको हो । यस अनुसार सन् २०१७ जुलार्ई १ देखि प्रति आप्रवासी कामदार वापत १ सय साउदी रियाल लेभी सरकारले उठाउने भएको छ ।
तेलको मूल्य घटेपछि संकटमा परेको अर्थतन्त्रलाई उकास्न यस्तो निर्णय लिइएको साउदीको सरकारले बताएको छ । आप्रवासी कामदारलाई लगाउने भनिएको लेभी सन् २०२० सम्म बढाउँदै लैजाने साउदी सरकारको योजना छ । सन् २०१८ मा प्रति कामदार २ सय हुने लेभी सन् २०२० मा ४ सय हुने छ ।
यसअघि यो लेभी सम्वन्धित कम्पनीले तिर्नुपर्ने बताइएको छ । तर हालैका दिनमा यसबारेमा थप प्रष्ट पारिएको छैन । यसअघि साउदी सरकारले आप्रवासी कामदारले कमाएर स्वदेश पठाउने रकममा ६ प्रतिशत कर लगाउने योजना अगाडी सारेको थियो । तर हाल सो योजनाका बारेमा कुनै थप जानकारी दिइएको छैन ।
यो पनि पढ्नुहोस्
नवनिर्वाचित जनप्रतिनिधिलाई सुरक्षित बैदेशिक रोजगारबारे जानकारी
