श्रीमान् विदेशबाट फर्किए, श्रीमति बेपत्ता   

उदयपुर- 

सात सन्तानकी आमालाई बेपत्ता पारेको आरोपमा गाउँकै विद्यालयका एक शिक्षक पक्राउ परेका छन्। जिल्लाको पहाडी रौतामाई गाउँपालिका ३ लाफागाउँ पाकानाकी ३६ वर्षीया महिलालाई बेपत्ता पारेको आरोपमा सप्तकोसी नगरपालिका ११ भवानीपुर, सप्तरीका ४८ वर्षिय शिक्षक आमोदप्रसाद सिंह पक्राउ परेका हुन्।

स्थानीय जनता मावि लाफागाउँका विज्ञान (विएस्सी) शिक्षक सिंहमाथि श्रीमान विदेशमा रहेका बेला ती महिलासँग हिमचिम बढाएको, विदेशबाट पठाएको रकम मासेको तथा उनीसँग अवैध सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको हो। १८ वर्षिय ठूलो छोरो र ३ वर्षीय कान्छी छोरीसहित ७ सन्ताकी आमा ती महिला जेठ १४ गतेदेखि घर छाडेर बेपत्ता भएकी छिन्। वैदेशिक रोजगारीमा रहेका श्रीमान् घर आउँछु भनेकै दिनदेखि उनी आत्तिने गरेको र अन्ततः घर छाडेर बेपत्ता भएको स्थानीयको भनाई छ।

श्रीमान् विदेशबाट नेपाल फर्केकै दिनदेखि उनी बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेपछि सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । श्रीमान् आएको दिन नै बाट नै महिला घरबाट बाहिरिएकोमा अहिलेसम्म अत्तोपत्तो नलागेको पारिवारिक स्रोतले बताएको छ। यता सिंह भने ३ दिनअघि ११ गते नै घरायसी काम छ भन्दै स्कुलबाट विदा लिएर हिडेको बताइएको छ। ३ दिनको फरकमा सिंह र महिला हिडेकाले पनि उनीहरुबीच आपसी सल्लाह भएको हुनसक्ने आशंका आफन्तको छ।

गाउँलेहरुका अनुसार शिक्षक सिंह र ती महिलाबीच हिमचिम बढेको निकै भएको थियो । स्कुलदेखि पौने घण्टा टाढा रहेको श्रीमान् नभएको महिलाको घरमा बारम्बार उनी आउने जाने र खानेबस्ने गर्थे।

लोग्ने विदेशबाट आउने खवर पाएपछि महिला आत्तिएजस्तो गर्दै थिईन्गाउँलेहरु भन्छन् काठमाडौं आएको खवर सुन्नेबित्तिकै घर छाडेर हिडेकी उनी अहिलेसम्म सम्पर्कविहीन छिन् ।श्रीमानले ६ लाख हाराहारी रकम पठाएकोमा सबै मासिएको बताउने  महिलाले शिक्षक सिंहसँगकै मिलेमतोमा रकम दुरुपयोग गरेको आशंका आफन्तले गरेका छन् ।

जिल्ला शिक्षा अधिकारी हरिहर धितालले महिला हराउनुमा सिंहको दोष छ छैन भन्ने कुरा यकिन नभएको बताए । उनले सिंह चारित्रिक रुपमा भने बिबादित भएको पाइएको बताए। केही महिनाअघि सिहंको विषयमा सप्तरी जिल्ला अदालतले शिक्षा कार्यालय उदयपुरलाई पत्राचार गरेको धितालले बताए।

सिंहकी श्रीमतिको उजुरी परेको भन्दै सप्तरी अदाललतले कति तलव सुविधा खाने, कुन विद्यालयमा पढाउने शिक्षक हो, खुलाई पठाउन पत्र लेखेको थियोजिशिअ धितालले भने हामीले अदालतलाई उनको व्यक्तिगत विवरण सबै खुलाएर पठाईदिएका छौं, उनको परिवारमा पनि बिबाद रहेछ।

परिवारको उजुरीका आधारमा २० गते स्कुलबाटै सोधपुछका लागि पक्राउ गरिएका सिंहलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी नरबहादुर केसीले महिलाका आफन्तले दिएको उजुरीका आधारमा सोधपुछ गर्दा सिंहले महिलासँग सम्बन्ध रहेको स्वीकारेको बताए।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: