नवनिर्वाचित जनप्रतिनिधिलाई सुरक्षित बैदेशिक रोजगारबारे जानकारी

रञ्जना लम्साल, नवलपरासी, जेठ २८-

नवनिर्वाचित वडा प्रतिनिधिहरुलाई बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको कार्यक्रममा बुङ्गदीकाली गाउपालिकाको वडा नं  –साविक रुचाङ्ग तथा नरम गाविस) का नवनिर्वाचित पदाधिकारी, महिला समुह, बालक्लब, युवाक्लब, राजनितिक दलका प्रतिनिधिहरुको सहभागीता थियो

हिमालयन सामुदायिक विकाश मञ्च हिकोडेफको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित  वडा नं अध्यक्ष सहित ४० जनाको सहभागिता थियो

कार्यक्रममा बैदेशिक रोजगारीमा जाने युवाले सचेत हुनुपर्ने कुराका साथै बैदेशिक रोजगारीका क्रममा देखिएका ठगीका घटनाको बिषयमा छलफल भएको थियो साथै युवाहरुलाई ठगीबाट रोक्न स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न गाउँपालिकाको ठुलो सहयोग रहने सूसुचित भई विदेश गए ठगी कम हुने बिषयमा छलफल भएको थियो

कार्यक्रम पछि बोल्दै  बुङ्गदीकाली गाउपालिको वडा नं अध्यक्ष मान बहादुर सारु वडा नं का अध्यक्ष नेम बहादुर थापाले बैदेशिक रोजगार सम्बन्धी कार्यक्रम वडास्तरमा सञ्चालन गर्ने सकेसम्म गाउँपालिकालाई नै युवा लक्षित कार्यक्रम गर्न अनुरोध गरी बुङ्गदीकाली गाउँपालिकालाई ठगी मुक्त सीपयुक्त गाउँपालिका बनाउन बजेट बिनियोजनमा भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे

हिमालयन सामुदायिक बिकाश मञ्चका कार्यकारी निर्देशक शुरबिर स्थापितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकोसहजीकरण कार्यक्रम संयोजक रितुराम सोतीले गरेका थिए

यो पनि पढ्नुहोस्

कतारमा ईरानले पठायो तरकारी र फलफूल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: