कतारबाट “ओला” विमोचित 

दिपक पुुडासैनी, दोहा 

कबि एबं नियँत्राकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह “ओला”  को लोकार्पण समारोह दोहामा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार र नबोदित साहित्यिक वाचनालय कतारको मासिक बाचन श्रृंखलाको ७० औ वाचन समारोहमा उक्त कृति विमोचन गरिएको थियो । 

वाचन श्रृंखलाका बिशिष्ट श्रोताहरु पवित्रा खड्का, कुुमार कार्की, धिरज राई, माया केसी, बिनेश तामा¨, समाजका अध्यक्ष तिर्थ संगम राई, वाचनालयका अध्यक्ष सिताराम थापा तथा लेखक बिनोद खड्काले संयूुक्त रुपमा नियात्रा संग्रह “ओला” बिमोचन गरेका थिए । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशन गरेको उक्त नियात्रा संग्रहमा लेखकले घुुमेका ६ महादेश २९ देशका ५० भन्दा बढी शहरमा घुुम्दा देखेका भोगेका र अनुुभव गरेका झण्डै ४ दर्जन अनुुभवहरु समेटेका छन । 

६ वटै महादेशका बिभिन्न शहरहरुमा कतै लामो त कतै छोटो भ्रमण गर्दा देखेका, भेटेका, खाएका कुुराहरु देखि त्यहाको भौगोलिक बनावट नेपालसंगको तुुलना तथा बिकाश र प्रगतिका कुुराहरुलाई मनमा उठेका लहरसंगै लेखकले पुुस्तकमा पस्किएका छन । 

कतारमा कृयाशिल दुुबै साहित्यिक संस्थाहरुले बिगत ७० महिना देखि हरेक महिनाको दोस्रो शुुक्रबार नियमित साहित्य बाचन श्रृंखला सञ्चालन गर्दै आएका छन जहां साहित्यमा रुचि भएका नेपाली साहित्यीक मनहरुले आ आफ्ना रचना सुुनाउने गर्दछन । यो श्रृंखलामा पनि डेड दर्जन भन्दा बढी साहित्यकारहरुले आ आफना रचना बाचन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय