यसरी हुन्छ मेनपावर कम्पनीमा रकमको दलाली

 

काठमाडौं- 

२०७३ पुष २७ गते । सामाखुशी काठमाडौं । स्टीङ अपरेटर सामुखशी, काठमाडौंको अलि ओभरसिज पुग्यो । सेक्यूरिटी गार्डको डिमाण्ड छ भन्ने जानकारी पछि पुगेको स्टीङ अपरेटरसँग आफूलाई म्यानपावर कम्पनीको प्रतिनिधि भन्ने राजेश गुरुङले भित्र कोठामा लगे र कुराकानी सुरु भयो । 

स्टीङ अपरेटरः तपाईले देखाएको डकुमेण्ट हेर्दा मलाई विश्वास लाग्यो । दाईले मलाई सहयोग गर्नुपर्यो । 

राजेश गुरुङ (मेनपावर कम्पनीको प्रतिनिधि, अलि ओभरसिज): भन्नुन के सहयोग गर्नुपर्यो ।

स्टीङ अपरेटरः म त गाउँबाट आएको । गाउँको मान्छेसँग के पैसा हुन्छ र ? त्यसैले पैसामा हेरिदिनुपर्यो । 

राजेश गुरुङ: तपाईहरुसँग हामीले त्यहि ५/१० हजार खाने हो । हाम्रो पनि पेशा त्यहि हो तपाईहरुलाई पठाएर खाने, बच्चा पाल्ने । तपाईहरु जाने कमाउने हो । म मेरो गोरको बाह्रै टक्का भन्दिन । अलिक कम खाउँला । म तपाईको चित्त बुझाउँछु । तपाई पनि पैसा नभएर पैसा कमाउन त जाने हो नी । तछपाईलाई त्यहाँ गएपछि कुनै कम्प्लेन आउँदैन, ढुक्क हुनुस् । अहिले सवैभन्दा धेरै पैसा मलेसियामा छ । दुईचार वटा मेनपावर कम्पनीमा जानुस्, मलेसियाको लेवरको काममा जान पनि अहिल ८० हजार, ९० हजार, १ लाख ५ हजार तिर्नुपर्छ । यस्तो छ रेट, बुझ्नुस् । यसमा म दाईको तर्फबाट हेर्ने एकदुई हजार हेरिदिन्छु । म धेरै घटाउन सक्दिन । 

स्टीङ अपरेटरः ठ्याक्कै कति तिर्नुपर्छ भन्नुन । 

राजेश गुरुङ: मलाई तपाईले ६८ दिनुस् ल । म अव बाँकी कुरा गर्दिन । ६८ हजार दिनुस् । मेडिकलको लागि थप ११ हजार २ सय लाग्छ । त्यतिमा तपाई जानुस् । 

स्टीङ अपरेटरः घटाउनुस् न दाई अलिकति । 

राजेश गुरुङ: हैन सक्दिन । टिकट, स्ट्याम्पिङ, श्रम त्यसमै हो । म १० हजारको ठाउँमा ७ हजार खाउँला । एटलिष्ट तपाईको लाइफ त बन्छ । 

स्टीङ अपरेटरः अव दाइले ६८ होइन, ५० जतिमा गर्नसक्नुहुन्न ?  

राजेश गुरुङ: अहँ सक्दिन । म आर्मिको मान्छे हो, दिल खोलेर भन्छु भाइ । हामीलाई अलिअलि फाइदा राखेर भन्ने हो । एजेण्टले जस्ता दुनियाँ धेरै पैसा राखेर भनने होइन । अरुले भन्दा तपाईले १५÷२० हजार कम तिर्दै हुनुहुन्छ । अरुको भन्दा महँगो परेछ भनें सवै पैसा म रिटर्न दिन्छु भयो ? तपाई डाइरेक्ट आउनु भएको छ त्यसैले सस्तो हो ।  

स्टीङ अपरेटरः फ्रिभिसा चैं आउँदै आउँदैन दाई ? 

राजेश गुरुङ: एकदमै कम आउँछ । त्यो एकदमै नगन्य आउँछ । फ्रिभिसा फ्रिटिकट मात्रै गर्ने हो भनें त यहाँ क्यू हुन्छ, डिमाण्ड नै हुन्न । मेनपावरले पैसा तिरेर ल्याईरहेको छ र पो मान्छे गइरहेको छ । 

स्टीङ अपरेटरः कमाई चैं कति हुन्छ दाई ठ्याक्कै ? 

राजेश गुरुङ: यहि कम्पनीमा हामीले पठाएको मान्छेले २२ सय २३ सय कमाइरहेको छ । ओभरटाइम गरेर । फाइभस्टार तिर पर्नेलाई त खान बस्न फ्रि हुन्छ । जे भएपनि तपाईले महिनामा ४० हजार भन्दा माथि कमाउनुहुन्छ ।  

स्टीङ अपरेटरः लाष्टै पैसा चैं त्यति नै हो दाई लाग्ने ? अझै यसो दाईको नाताले हेरिदिनु न । 

राजेश गुरुङ: मैले आत्मैदेखि भनिसकें त । 

स्टीङ अपरेटरः म त गाउँबाट आएको मान्छे के दाई । 

राजेश गुरुङ: तपाई त डाइरेक्ट आउनु भो । मधेसबाट आउनेहरु यहि कामको लागि डेढलाख, दुईलाख तिरेर आउँछ एजेण्ट मार्फत । हामी भन्छौं ए यत्रो नखाओ न भनेर । तपाईको मेडिकल गर्दा ११ हजार २ सय खर्च हुन्छ । त्यसपछि भाइ सर्लक्क घर जाने । 

स्टीङ अपरेटरः अलिकति घटाउनुपर्छ है दाई । भोली हामी पासपोर्ट बोकेर आउँछौं । 

राजेश गुरुङ: हैन मैले हेर्नसक्नेसम्म हेर्छु । २, ४ हजारको लागि हामी दाईभाई डिस्कस नगरौं । 

स्टीङ अपरेटरः त्यसको लागि कति गर्छु भन्न खोजेको दाई ? 

राजेश गुरुङ: ६५ दिनुस् ल फाइनल । 

भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/0ignnODhO1Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय