खाडी मुलुकमा कार्यरत कामदारको समस्या समाधानमा केन्द्रीत हुन्छुः नवनियुक्त मन्त्री मन्सुर

 

काठमाडौं, जेठ २४- 

श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्या चाँडो समाधान गर्ने काम नै आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । आज(बुधवार) मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकमा कार्यरत नेपाली कामदारको समस्या समाधानका लागि आफूले सक्ने काम गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गराएरै छोड्ने प्रतिबद्धता जनाए । उनले आफू जनताको प्रतिनिधिको हैसियतले मन्त्री बनेको भन्दै जनताकै सेवा पु¥याउने काममा लाग्न सम्बद्ध कर्मचारीलाई आग्रह गरे । मन्त्रायलका काम कारवाहि पारदर्शी तरिकाले गर्न गराउन उनले कर्मचारीहरुलाई निर्देशन समेत दिए । 

यो पनि पढ्नुहोस् 

एक बर्षलाई पुग्ने खाद्यान्न भएकोले उपभोक्तालाई नडराउन कतारको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: