दोहा, जेठ २४-
कतारमा स्थानीस्य बासिन्दालाई एकबर्षसम्म पुग्ने खाद्यान्न मौज्दात रहेका कारण उपभोक्तालाई नआत्तिन यहाँको च्याम्वर आफ कमर्श(क्यूसी) ले आग्रह गरेको छ । साउदीसँगको सडक सञ्जाल अवरुद्ध भएपनि हमाद बन्दरगाह तथा हवाईजहाज मार्फत समेत खाद्यान्न आयातमा कुनै बाधा नरहेको भन्दै क्यूसीका प्रमुख शेख खलिफा बीन जासिम बीन मोहम्मद अल थानीले बताएका छन् ।
अन्य विकल्पहरु खुल्लै रहेको अवस्थामा हाल समेत एक बर्षका लागि खाद्यान्न मौज्दात रहेको भन्दै उनले नआत्तिन र धेरै समान खरिद नगर्न आग्रह गरेको कतारको सरकारी सञ्चार माध्यम पेनन्सुलाले समाचार लेखेको छ ।
कतारसँग छिमेकी मुलुकहरु युएई, साउदी, बहराईन लगायतका मुलुकहरुले समवन्ध विच्छेद भएको घोषणा गरेपछि कतारका बासिन्दा आत्तिएका थिए जसका कारण मंगलवार खाद्यान्न किन्नेहरुको ठूलो भीड लागेको थियो । त्यसपछि यहाँको सरकारी निकायले खाद्यान्नको मौज्दात प्रसस्त रहेको भिडियो नै सोसलमिडियामा हाल्नु परेको थियो ।
यो पनि पढ्नुहोस्
कतारप्रति सहानुभूति देखाए १५ बर्ष जेल, ५ लाख दिराम जरिवानाको चेतावनी