कतारप्रति सहानुभूति देखाए १५ बर्ष जेल, ५ लाख दिराम जरिवानाको चेतावनी

 

दुवई, जेठ २४-

कतारप्रति सहानुभूति जनाउनेलाई १५ बर्ष जेल सजाय र ५ लाख दिराम(१ करोड ३५ लाख) जरिवाना हुने युएईले चेतावनी दिएको छ । युएईमा रहेर कतारको पछिल्लो अवस्थाका बारेमा कसैले सहानुभूति जनाएमा पनि सो सजाय हुने भन्दै युएईको सरकारी निकायले यस्तो चेतावनी दिएको हो । 

युएईका स्थानीय सञ्चार माध्यमहरुलाई पठाइएको विज्ञप्तीमा युएईका महान्यायाधिवक्ता डा. हमाद शैफ अल साम्सीले यस्तो चेतावनी दिएको छ । कतारको गलत नीति र रवैयाका विरुद्धमा युएइले कुटनीतिक सम्वन्ध विच्छेद गरेको समेत विज्ञप्तीमा उल्लेख छ । 

कतारको गलत नीतिका विरुद्धमा युएईले अपनाएको नीतिका विपक्षमा बोल्ने जोसुकैलाई पनि कडा कारवाही हुने विज्ञप्तीमा सचेत गराइएको छ । यस्तो कुरा कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनैपनि माध्यममा लिखित वा श्रव्यदृष्य माध्यमबाट अभिव्यक्त गरिएमा कारवाही हुने जनाइएको छ । 

यो पनि पढ्नुहोस् 

यी हुन् नयाँ श्रम तथा रोजगार मन्त्री 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय