यी हुन् नयाँ श्रम तथा रोजगार मन्त्री 

काठमाडौं, जेठ २४-

नननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदमा फर्मुल्लाह मन्सुर श्रम तथा रोजगार मन्त्री नियुक्त भएका छन् । मन्सुर नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । १३ औं महाधिवेशनमा उनी मुस्लिम कोटामा काँग्रेसका केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

बारा ३ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ निर्वाचित मन्सुर काँग्रेसका पुराना नेता हुन् । पहिले कोइराला खेमाका भनेर चिनिने मन्सुर १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा देउवा खेमामा पुगेका थिए ।

प्रधानमन्त्री देउवाले शपथ लिएपश्चात उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छेदार, गोपालमान श्रेष्ठ तथा कृष्णबहादुर महराले शपथ लिएका थिए । यसैगरी आजै(वुधवार) जनार्दन शर्मा, प्रभु साह, ज्ञानेन्द्र बहादुर कार्की र फरमुल्लाह मन्सुरले पनि शपथ लिएका हुन् ।  

२०२८ सालमा एसएलसी उत्तीर्ण गरेपछि नेपाली काँग्रेसको राजनीतिमा सकृय भएका मन्सुर राजनीतिक कारणले तीनपटक जेल परेका थिए । २०३४ सालमा नेपाली काँग्रेस बाराका जिल्ला सदस्य भएका उनी २०४८ सालमा जिल्ला अध्यक्ष भएका हुन् । 

यसअघि २०४८ सालमा संसदिय निर्वाचनमा बारा क्षेत्र नम्वर ४ बाट निर्वाचन लडेका उनी नेकपा एमालेका उम्मेदवार शलिम मियाँ अन्सारीसँग पराजीत भएका थिए । २०५१ सालको निर्वाचनमा पनि पराजीत भएका मन्सुर २०५६ सालको निर्वाचनमा अन्सारीलाई नै पराजीत गर्दै निर्वाचत भएका थिए । उनी २०५५ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री भएका थिए । 

२०६४ सालमा भएको संविधानसभाको निर्वाचन हारेका मन्सुर २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं ३ बाट विजयी भएका हुन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय